Sorry, that menu does not exist.
 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लाखौँको स्वास्थ्य सामाग्री हस्तान्तरण

छविलाल पाण्डे,बुर्तिवाङ २०७८ असार ६ । नेपाली काँग्रेसका नेता एवं समाजसेवी दोर्ण कुमार कुवँरको सक्रियतामा स्वास्थ्य सेवा विभाग , कुवेर ट्रस्ट लगाएत विभिन्न सहयोगि दाताहरुबाट प्राप्त भएको स्वास्थ्य सामाग्रि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरीएको छ ।

सबैले हातेमालो गर्दे विपदमा देश बचाऔँ,नागरीक बचाऔँ भन्ने उदेश्य सहित कोभिड १९ को दोश्रो लहरमा निरन्तर खटिएका नेता कुवँरको पहलमा क्षेत्र नं. २ बागलुङका ६ पालिकाका विभिन्न स्वास्थ्य सँस्थालाई करिब ६० लाख मुल्य वरावरको स्वास्थ्य सामाग्रि बुर्तिबाङ आएको थियो ।

उक्त सामाग्रि मध्ये यस क्षेत्रकै ठुलो र धेरै नागरीकले सेवा लिँदै आएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा करिव २० लाख मुल्य वरावरको स्वास्थ्यका सामाग्रि एक कार्यक्रक कार्यक्रमका विच हस्तान्त्रण गरीएको हो ।
व्यवस्थापन समिती, स्वास्थ्य कर्मि, राजनैतिक दल, जनप्रतिनिधी लगाएतको रहोभरमा स्वास्थ्य केन्द्रलाई हस्तान्त्रण गरीएको हो ।

कोभिड १९ को सँक्रमण न्युनिकरणका निम्ती थालिएको अभियानका क्रममा नेता कुवँरको सक्रियतामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अति आवस्यक तथा कम मात्रामा रहेका सामाग्रि अति आवस्यक स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो ।

हाइफलो नशाल क्यानुला मेशिन १ थान, विपप मेशिन १ थान, सिपिएपी १ थान, भाइरल ट्रान्सपोर्ट मोडिएमभिटिएम किट ४०० पिस, एन्टिजेन्ट किट १०० पिस, नशाल क्यानुला ५ सेट, बुर्तिबाङ प्राथमिक स्वास्थ्य व्यवस्थापन समिती अध्यक्ष एवम ढोरपाटन नगरपालिका १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्ललाई हस्तान्त्रण गरीएको थियो त्यसैगरी वेड, अक्सिजन सिलिडन्डर ५ थान, पल्स अक्सोमिटर स्पिट चेक मेशिन २ थान, ग्रोन सेट, फेश सिल्ड, एन नाइन्टी फाइभ माक्स, माक्स, ग्लोव्स लगाएतका स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो ।

आयोजित कार्यक्रममा बोल्दै नेता कुवँरले क्षेत्र नं. २ अन्र्तगतका सबै पालिकाका स्वास्थ्य सँस्थामा स्वास्थ्य सामाग्रि पुर्याउनृ अभियानमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बढि प्राथमिकताका साथ सामाग्रि हस्तान्त्रण गरीएको बताउँदै उक्त सामाग्रिले स्वास्स्थ्य कर्मीलाई काम गर्न सहज हुनुका साथै नागरीकलाई स्वास्थ्य सामाग्रि अभावमा अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य सहित आफुहरुले काम गरीएको बताउँदै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पत्ताल वनाउन प्रदेश सरकार र केन्द्र सरकार समक्ष पहल गरीरहेको स्मरण गराए ।

तत्काल सर्वदलीय सर्वपक्षिय टोली एकजुट भएर प्रदेश र केन्द्र सरकार समक्ष जिल्ला अस्पत्ताल मागका लागी अगाडी बद्नु पर्ने बताउँदै प्रदेश सभा सदस्य खिमविक्रम शाही र सँघिय साँसद देवेन्द्र पौडेलको समेत यस विषयमा ध्यानाकर्षण गराएको बताए । गण्डकी प्रदेशका मुख्य मन्त्री समक्ष आफनो माग राखिसकेका कुवँरले सर्वदलीय , सर्व पक्षिय रुपमा यस क्षेत्रको स्वास्थ्य क्षेत्रको स्तर बृद्धिमा लाग्नुपर्ने बताए । विभिन्न निकायको सहयोग, सम्मोन्य सँगै यस क्षेत्रका नागरीकको जिवन रक्षाका निम्ती आफुहरु निरन्तर लागिपरेको बताउँदै पिवदमा सबैको अपनत्व र सहयोगि भावना आवस्यक रहेको औल्याए ।

कार्यक्रमका अवसरमा नेपाली काँग्रेस नेता एवम महाधिवेशन प्रतिनिधी जित शेरचनले बोल्दै बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई अगाडी बढाउन आफुहरु लागिरहेको बताउँदै तत्काल अक्सिजन प्लान्ट निर्माण गरी सेवा विस्तार गर्ने उदेश्य सहित लाग्नुपर्ने बताउँदै जनताको स्वास्थ्यका चिन्ता गर्दे लाखौँ मुल्यको स्वास्थ्य सामाग्रि ल्याउन सफल भएकोमा नेता दोर्ण कुमार कुवँरलाई धन्यबाद दिँदै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा सबैले हार्दिकताका साथ अगाडी बद्नुपर्ने बताए ।
कार्यक्रममा समाजसेवी तुल्सिराम अर्यालले आफनो धारणा राख्दै सबैको जिम्मेवारीको रुपमा रहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई थप अगाडी बढाउन सरकार समक्ष पहल अगाडी बढाउनु पर्ने बताउँदै सक्रियताका साथ अभियान सञ्चालन गरेर २० लाख बराबरको स्वास्थ्य सामाग्रि भित्राउन सफल युवा नेता दोर्ण कुमार कुवँरलाई धन्यबाद ज्ञापन गर्दे निरन्तर जनताका निम्ती गरीने कर्मको जनतालेनै मुल्याँकन गर्ने हुँदा सामाजिक भाव सहित अगाडी बद्न आग्रह गरे। आफुले स्वास्थ्य केन्द्रको भवन निर्माणमा निर्माण समितीमा रहिँरहँदा निरन्तर खटिएर भुमिका निर्वाह गरेको बताउँदै यस क्षेत्रको गहनाको रुपमा रहेको अस्पत्तालाई थप व्यवस्थापनमा सबैले साथ दिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागलुङ उप महामन्त्री मेशलाल सर्माले समेत स्वास्थ्य क्षेत्रमा गरीएको सहयोगको प्रसँसा व्यक्त गर्दे सक्रिय रुपमा भुमिका निर्वाह गर्ने अभियान्ता दोर्ण कुवँरलाई धन्यबाद दिए ।

त्यसैगरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बोल्दै समाजसेवी व्याक्तित्वहरुको निरन्तरको सहयोगका कारण आफुहरुलाई काम गर्न थप सहजता प्राप्त भइरहेको बताउँदै अभियान्ताहरुलाई धन्यबाद दिनुभयो । कार्यक्रमका सभापती वडा अध्यक्ष एवम स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष चित्रबहादुर भण्डारीले बोल्दै विपदको समयमा निरन्तर आफनो स्वास्थ्यको प्रभाव नगरी जनताको सेवा भाव सँग सरिक हुने अभियान्ता दोर्ण कुमार कुवँर लगाएत स्वास्स्थ्य सँस्थामा सहयोग गर्ने दाताहरुलाई धन्यबाद ज्ञापन गर्दे स्वास्थ्यका क्षेत्रमा कसैले पनी राजनैतिक आग्रह पूर्वाग्रहका आधारमा काम गर्न नहुने बताउँदै स्वदेश विदेशबाट सामाजिक अभियान्ताहरुको सक्रियतामा आएका स्वास्थ्य सामाग्रिले स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सहज हुने बताउँदै यस क्षेत्रका नागरीकले सहज रुपमा सुविधा पाउने बताए ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख, राजनैतिक दलका प्रतिनधिी समाजसेवी, बुद्धिजिवी, पत्रकार लगाएतको उपश्थिती एवम रहोभरमा स्वास्थ्य सामाग्रि हस्तान्त्रण गरीएको हो । कार्यक्रम युवा कमल भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments