केशबराज क्षेत्री, हुग्दिशिर २०७८ असार ०५ । बरेङ गाउपालिकाको ७ औँ गाँउसभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा नीति कार्यक्रम र उपाध्यक्ष दिलकुमारी पुनद्धारा बजेट प्रस्तुत भएको छ ।
पालिकाको सातौँ गाउँसभामा पालिका उपाध्यक्ष दिलकुमारी पुनले ३७ करोड ३४ लाख ४७ हजार ४ सय ४० रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको छ ।
गाउँ सभाबाट पालिकाभित्र कार्यरत सबै शाखा तथा वडाका करार कर्मचारीका लागि २०७८ साउनबाट लागू हुने गरी मासिक २ हजार वृद्धि गर्ने भएको छ ।
त्यस्तै विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि भने मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २ सय
र लेखापालका लागि मासिक १६ हजार तलब गराइने आजको सभाबाट प्रस्तुत गरिएको छ ।
Aa