Sorry, that menu does not exist.
 

बरेङ गापाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४५ लाख साझेदारी गर्ने

केशबराज क्षेत्री, हुग्दिशिर २०७८ असार ०५ । बरेङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ४५ लाख रुपिया साझेदारी गर्ने भएको छ ।

पालिकाका पाँच वडा मध्ये वडा नम्बर ५ सुखौराले १९ लाख ५० हजार, वडा नम्बर ४ सल्यानले पाँच लाख ५० हजार, वडा नम्बर ३ बाटाकाचौरले ४ लाख, वडा नम्बर २ हुग्दिशिरले ६ लाख, वडा नम्बर १ धुल्लुबास्कोटले ६ लाख र पालिकाको तर्फबाट ४ लाख गरी प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगतका आयोजनामा खर्च हुने निर्माण सामग्रीका लागि ४५ लाख साझेदारी गरिएको पालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

पालिकालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत आगामी आर्थिक वर्ष २०७८÷०७९ मा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनाका निमित्त ४२ लाख १३ हजार, कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका अन्र्तगत ६९ लाख ५ हजार र कार्यप्रगतिको आधारमा ७५ लाख ५४ हजार गरी सशर्त अनुदानको रुपमा १ करोड ८६ लाख ७२ हजार रुपैया उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।

आगामी आर्थिक वर्षको प्राप्त बजेट अनुसार बरेङ गाउँपालिकामा २९२ जनाले रोजगार पाउने छन् । स्थानीय तहको साझेदारी रकम र सशर्त अनुदान रकम अनुसारका ७० प्रतिशत योजना पालिकाको सातौँ गाउँसभाले पारित गरेको छ । बाँकी रकम अनुसारको योजना आगामी कार्यपालिका बैठकबाट पारित गर्ने गाउँपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !