राम प्रसाद घिमिरे, पवर्त २०७८ असार ३ । निरन्तरको वर्षापछि आएको पहिरोले पर्वतको एक गाउँमा २१ परिवार जोखिममा परेका छन् । जिल्लाको जलजला गाउँपालिका ८ लस्तीमा बस्ती माथिबाट पहिरो खस्न थालेपछि स्थानीय जोखिममा परेका हुन् । अविरल बर्षाको कारण पहिरो जादा स्थानिय हरु भयभित भएका छन् । पहिरोको कारण सो ठाँउका २१ घर परिवार उच्च जोखिममा परेको स्थानिय वुद्धि परियारले बताए । तत्काल पहिरो नियन्त्रणमा सहयोग गरिदिन सम्वन्धीत निकायलाई स्थानियले माग गरेका छन् ।
निरन्तर पहिरो खस्न सुरु गरेपछि २१ घर परिवारलाई आफन्त तथा अन्यत्रै बसाई सर्न भनिएको वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए । पहिरो नियन्त्रणको लागी वडाका प्रयाप्त वजेट नभएको प्रदेश र संघ सरकारले सहयोग गर्नुपर्ने जिसीले बताए । निरन्तरको वर्षाले फेरि पहिरोको रुपमा लिएपछि स्थानीय समस्यामा परेका छन् । वर्षा बढ्दै गए पहिरोले बस्ती पुरिने खतरा रहेको छ । सोही पहिरोको कारण गण्डकी प्रदेशको राजधानी पोखरावाट म्याग्दी तथा मुस्ताङ जाने आउँने सवारी साधन जोखिम मोलेर ओहोरदोहोर गरिरहेका छन् ।
त्यस्तै वर्षाको कारण जलजला गाउँपालिका ७ धाईङमा पनि करिव ३१ घर विस्तापित भएका छन् । स्तरउन्नीको चरणमा रहेको मिलचोक सल्यान धारापानि सडकका कारण धाईरिङको किराखोरमा रहेको सिगो दलित वस्ती पहिराको जोखिममा परेको छ । पहिरो वाट विस्थापित भएकालाई अमर आधारभुत विद्यालयमा राखिएको छ ।