गुल्मी पल्लिकोटमा आमा छोरा र वामीटक्सारमा एक युवती व्दारा आत्महत्या

प्रेम सुनार, गुल्मी २०७४ बैशाख २६ । गुल्मी जिल्लामा आत्महत्याका दुई दर्दनाक घटना घटेका छन् । गत बैशाख २२ गते साँझ छत्रकोट गाउपालिका-२ पल्लिकोटमा आमा छोराले एउटै डोरीले पासो लगाएर आत्महत्या गरेका छन् भने गुल्मी वामीटक्सारमा आज एक युवतीले झुण्डिएर ज्यान फालेकी छिन् ।

आत्महत्या गर्ने पल्लिीकोटकी २० वर्षिया सितल परियार र निजको २ वर्षको छोरा प्रवेश परियार रहेको प्रहरीले मंगलवार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावालका अनुसार पहिला छोरालाई प्लाष्टिकको डोरीले पासो लगाई हत्या गरेको र पछि आमा स्वयंले पनि त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका श्रीमान पदम परियार बैदेशिक रोजगारका लागि दुवईमा रहेका जनाईएको छ । केहि महिना अघि सानो एउटा घर बनाएको ५० र ६० हजार ऋण रहेको , श्रीमान संग फोन कुराकानीले तनाव दिने गरेको आदि कारणले पनि उनले पहिला छोरालाई पासो लगाए संगै आफु पनि त्यही डोरीमा पासो लगाएर आत्मा हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाईको छ ।

उता वामीटक्सारमा १९ वर्षिया मधु पन्त घिमिरेले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

३ वर्ष अघि मुसिकोट देउरालीका धनिश्वर घिमिरे संग उनले प्रेम विवाह गरेकी थिईन । विवाह गरेर माईती मै वसेर पढ्ने गरेको र गत कार्तिक महिना देखि उनि घरमा गएकी थिईनन् । उनका श्रीमान एक महिना अघि काठमाण्डौंबाट घर आएको , फोनमा श्रीमति संग कुराकानी हुने गरेको र सम्वन्ध राम्रै पाईएको मुसिकोट दउरालीका मदनदिप घिमिरेले बताए । उनले माईतीघरको वाथरुममा झुण्डीएर आत्मा हत्या गरेको र कारण खुल्न नसेको प्रहरीले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply