तिमीले चोट दियौ र आफै मन दुखायौ।
अनगिन्ती खोट दियौ र आफै मन दुखायौ।।
आखिर दुख्नुपर्ने त मेरो मन थियो होईन र?
गल्ती प्रायाश्चित गर्यौ र आफै मन दुखायौ।।
माया गर्ने मान्छेले माया दियोस् वा चोट,
मिठास एकै हुन्छ भन्दा फेरि मन दुखायौ।।
मलाई तिमीले खै किन हराउन चाहन्थ्यौ,
म आफै हार्दिदा पनि फेरि मन दुखायौ।।
खासमा म हारेर जित्नु थियो तिमीलाई,
तिमीले जित्दा जित्दै पनि मन दुखायौ।।
तिम्रो जितमा तिमीमा उन्माद देखिन मैले,
अनि मेरो हारमा पनि तिमीले मन दुखायौ।।
राम प्रसाद शर्मा,
बाग्लुङ