थम्मन थापा सन्देश, गल्कोट २०७४ बैशाख २६ । राष्ट्रियता, लोकतन्त्र र समाजवाद भन्ने मुल नाराका साथ नेपाली काँग्रेस गलकोट नगरपालिकाको आयोजनामा वडा नं ७ मल्ममा चुनावी सभा सम्पन्न भएको छ । सभामा बोल्दै नेपाली काँग्रेस गलकोट नगरपालिका चुनाव प्रचार अभियान संयोजक फम बहादुर खत्रीले आसन्न स्थानिय तहको निर्वाचनमा रुख चिन्हमा मतदान गरि नेपाली काँग्रेसलाई विजयी गराउन आग्रह गरे।
कार्यक्रममा नेपाली काँग्रेस वडा नं ९ का सभापति यज्ञ सापकोटा, वडा नं ७ का अध्यक्षका उमेदवार हरिदत्त गौतम, गलकोट नगरपालिकाका मेयरका उमेदवार भरत शर्मा गैरे, उपमेयरका उमेदवार रेणुका काउचा, पूर्व जिल्ला सदस्य मुकुन्द भण्डारी, पूर्व क्षेत्रिय सभापति घनश्याम गौतम, महाधिवेशन प्रतिनिधी मञ्जु शर्मा चालिसेले रुख चिन्हका मतदान गरेर काँग्रेसलाई जिताउन अपील गरेका थिए ।
सो अवसरमा सहिद कृष्ण बहादुर थापाको धर्मपत्नी खगीसरा थापालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रम नेपाली काँग्रेस गलकोट नगरपालिका वडा नं ७ का सभापति चिरञ्जीवी मरासिनीको अध्यक्षता, उपसंयोजक वसन्त केसीको स्वागत र सदस्य रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।
बागलुङ नगरपालिका रायडाँडामा घरदैलो कार्यक्रम
यसैवीच नेपाली काग्रेस बानपा ११ रायडाड“ामा मंगलबार पनि चुनावी अभियानलाई तिव्र पारिएको छ । यसैक्रममा बडाअध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ज्ञानेन्द्र गौतम लगायतका नेता तथा कार्यकर्ताहरुको टोलिले बानपा ११ रायडाडा“का बिभिन्न स्थानमा घरदैलो एवं मतदातासग“ भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
घरदैलो कार्यक्रममा बोल्दै वडाअध्यक्षका उम्मेदवार गौतमले बानपा ११ जिल्लाकै समृद्धि वडा बनाउने लक्षका साथ आफुले उम्मेदवार दिएर मैदानमा उत्रिएको बताए ।
गौतमले बानपा ११ रायडाड“ाको समृद्धि र उन्नतीको लागि जस्तो सुकै कदम चाल्न तयार हुने हुदा रुख चिन्नमा मतदान गरी विजयी गराउन सबैलाई अपील गर्दै अबको विकास युवाको काधमा रहेको समेत बताए । गौतमले विकास गर्नको लागि युवा भएर नै गा“उमा नै भिजेको छु भन्दै गा“उको विकास सक्रिय भएर लागेको हुदा आफुलाई विजयी गराउन आग्रह गरे ।