चुनाव जीते सरकारी सुविधा नलिने माओवादी केन्द्रका उमेदवारको उद्घोष

पर्वत २०७४ वैशाख २५ गते । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रकोे तर्फबाट कुस्मा नगरपालिकामा मेयरका प्रत्यासी शंकर गिरी, फलेवास नगरपालिकामा मेयरका उम्मेदवार मोती प्रसाद शर्मा, मोदी गाउँपालिकाका प्रमुख उम्मेदवार मनबहादुर पौडेल, विहादी गाउँपालिकाका प्रमुख उम्मेदवार कृष्णप्रसाद शर्मा, जलजला गाउँपालिकाका प्रमुख मनबहादुर कार्की, महाशिलाका रुपनारायण अधिकारी र पैयूँ गाउँपालिकाका प्रमुख पदका उम्मेदवार पुण्यप्रसाद आचार्यले निर्वाचनमा विजयी भए कुनै पनि सरकारी सुविधा प्रयोग नगर्ने घोषणा गरेका छन् ।

उनिहरुलले जिल्लाका विभिन्न भागहरुमा आयोजित चुनावी सभा, घरदैलो कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply