ताराखोला २०७७ कार्तिक १५ । ताराखोला गाउँपालिका ४ मा रहेको नबसृजना युवा क्लब ( NYC) ताराले यस बर्ष बार्षिकोत्सब को अबसर मा कार्यक्रम नगर्ने निर्णय गरेको छ । स्थापना दिवस को अबसरमा प्रत्येक बर्ष प्रतियोगितात्मक खेलकुद तथा सास्कृतिक कार्यक्रम , नागरिक अभिनन्दन ,ज्येष्ठ नागरिक सम्मान लगायत का कार्यक्रम गर्दै आयको क्लबले कोरोना भाइरसका कारण उत्पन्न असहज परिस्थितिका कारण कार्यक्रम आयोजना नगर्ने निर्णय भयको क्लबका सहसचिव मन बहादुर घर्तिले जानकारी दिए ।
क्लबको आज सम्पन्न बैठकले क्लबको १७ औं स्थापना दिवसको अबसरमा मंसिर २ गते क्लबको आन्तरिक कार्यक्रम सहित एक कार्यक्रमका बिच मेरुदण्ड भाचिएर अपांग बनेकी धन कुमारी घर्तीका लागि क्लब द्वारा संकलित सहयोग रकम हस्तान्तरण गरि मनाउने निर्णय भएको क्लबका अध्यक्ष पूर्णभद्र निउरेले बताए ।
२०६० सालमा स्थापना भएको क्लबले खेलकुद कला र सस्कृतिको संरक्षण सङ्गै सामाजिक बिकास र मानबिय सेवाका कार्यमा तल्लीन रहदै आयको छ ।