युबराज शर्मा
गड्यौले मल प्रांगारिक खेतिका लागी अतिउत्तम मल हो र यसलाई व्यवस्थित पालन गरेमा यसबाट राम्रो प्राङ्गारिक मल तयार गर्न सकिन्छ । गँड्यौलाले खाएको खाना पाचन नलीमा धेरै बेर रहँदैन र धेरै पनि रहँदैन । खाएको ५–१० भाग मात्र शरीर उपयोगको लागि प्रयोग हुन्छ । अरू बाँकी भाग शरीर बाहिर निष्कासन गर्दछ, जसलाई काष्ट भनिन्छ । यसले खाएर पचाएर दिशाको रूपमा फालेको दानेदार मललाई गँड्यौंलाबाट तयार पारिएको कम्पोष्टमल वा गँड्यौलीमल भनिन्छ ।
गँड्यौलीमलका फाइदाहरु:
* यो मलमा भएका खाद्यतत्वहरू पानीमा घुलनशील हुन्छन् र बिरुवाले यसमा भएका खाद्यतत्वहरूलाई सजिलैसँग लिन सक्दछ ।
* यो मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकोले अरू मलभन्दा यो मलको गुणस्तर राम्रो मानिन्छ ।
* यस मलको प्रयोगले रासायनिक मलको उपलब्धता बढाउँछ र बाली बिरुवाको बृद्धी बिकास पनि छिटो हुन्छ ।
* गँड्यौला कम्पोष्टको कार्बनः नाईट्रोजन अनुपात परम्परागत गोठेमल वा कम्पोष्टकोभन्दा कम हुन्छ र यसमा भएको नाईट्रोजन बिरुवालाई तुरुन्तै उपलब्ध हुन्छ ।
* खेती र घरेलु फोहर वस्तुहरुबाट यो मल बनाईने हुदाँ वातावरणलाई स्वस्छ राख्न मद्धत पुग्दछ ।
गड्यौला विभिन्न प्रजातिका हुन्छन् । संसारमा १८०० भन्दा बढी प्रजातिका गड्यौला पाईन्छन् र त्यि मध्य रातो विग्लरहरूर चभम धष्ननभिचक ९आइसेनिया फेटीडा, भ्ष्कभलष्ब ाभतष्मब० गँड्यौलीमल बनाउनका लागी सामान्यता प्रयोग हुने गड्यौला हो । हुन त अहिले बिभिन्न नामबाट प्रांगारिक र जैविक मलहरु उत्पादन भैरहेको छन् र ति मलहरुमा एकै किसिममा पोषक तत्वहरु नपाउन पनि सकिन्छ । त्यसैले आफैले घरमा गड्यौला पालन गरी उत्पादन गरिएको मल भरपर्दो र गुणस्तरीय हुन्छ ।
घरमै कसरी बनाउन सकिन्छ त गँड्यौलीमल ?
गड्यौला पालनका लागी १ मिटर चौडाई,६० से।मि उचाई र ५ मिटर लम्बाई अथवा लम्बाई आफ्नो आवश्कता अनुसारको पिट अथवा बिन तयार गर्नुपर्छ । भुइँ धनाल गरेर पलास्टर पनि गर्नुपछ र हल्का भिरालो बनाइ होंचो भागतिर १ (२ इन्चको पाइप राख्नु पर्छ । आफ्नो स्रोत अनुसार पिट जति पनि बनाउन सकिन्छ , माथिबाट घामपानी बचाउन खर ,पराल वा प्लास्तिकले छाउनु पर्दछ । सकेसम्म छानाबाट तातो नछिर्ने खालको अथवा घामको प्रकाशले तल तातो नहुने खालको बनाउनु पर्छ ।
गड्यौला राख्नु भन्दा पहिले १५ देखि २० दिन खाद लगाएर सेलाएको गोबरलाई प्रयोग गर्नुपर्छ । तल घास , पराल वा सोत्तरको एक तह राखी त्यसमाथि सेलाएको गोबर एक तह राख्नुपर्छ , यसो गर्दा सोत्तर राम्रोसँग भिजेको हुनुपर्छ र तह तह बनाएर राख्नुपर्छ र माथिल्लो सतहमा गोबर मसिलो बनाएर राख्नुपर्छ ९ भएसम्म गोबरग्यासको स्लरी राख्दा पनि हुन्छ ० । गोबर भरिएपछी एक छेउबाट गड्यौला छोड्नुपर्छ । गड्यौला धेरै भए फरक पर्दैन तर कम्तिमा प्रति बर्ग फिट २०० का दरले राख्नु पर्छ । गड्यौला छोडीसकेपछी माथिबाट जुटको बोरा राखी , झाहरीको सहायताले पानी हाल्नुपर्छ र त्यो बोरालाई चिसो बनाइराख्नुपर्छ । पिटमा जम्मा भएको पानी जुन पाईपबाट बाहिर निस्किन्छ , त्यसलाई एउटा भाडोमा जम्मा गरी पातलो हुदाँसम्म प्रयोग गर्न सकिन्छ र बाक्लो र गाढा भएपछी यसलाई पनि मलको रुपमै प्रयोग गर्न सकिन्छ । यसलाई भर्मीवास भनिन्छ । १ लिटर भर्मीवासमा ४ लिटर पानी मिसाई बिरुवामा छर्न वा फेदबाट दिन सकिन्छ । गड्यौलाको बेडिंगमा कुहिने गल्ने सबै कुराहरु राख्न सकिन्छ तर लसुन ,प्याज , माछा , मासु साथसाथै पप्लास्टिक , नाइलन , ऊनजस्ता नगल्ने र नकुहिने वस्तुहरु राख्नु हुदैन । गड्यौला चिस्यान रुचाउने जीव हो त्यसैले गड्यौलाको बेडमा ६०(६५ प्रतिशत चिस्यान हुन आवश्यक हुन्छ ।३५ डिग्री सेल्सिअस तापक्रम तथा १० डिग्री भन्दा कम चिसोमा गड्यौला फस्त्याउन सक्दैन र एकै ठाउँमा जम्मा भएर गुडुलिकिन्छ । गड्यौलाले तल फर्किएर खान्छ र कास्टिङ माथि सतहमा बिसर्जन गर्छ ।माथिल्लो सतहमा एक भित्ता जति मल थुप्रिएपछि हल्कासँग सोरेर नजिकै छुटै पिट बनाएर मल थुपार्नुपर्छ । त्यसको गर्दा मलमा भएका गड्यौलाका कोकनहरु ह्याच हुन पाउँछन र नया गड्यौलाहरु उत्पादन हुन्छन । बेडिंगमा मल तयार भैसकेपछी ३ मिलिमिटरको चाल्नोले चालेर गड्यौला र मल छुट्याउनु पर्दछ । गड्यौलासँग गेडा मल र नपचेको मल तथा अन्य वस्तुहरु हुन्छन , त्यसबाट गड्यौला छुट्टाउन उज्यालोमा लगेर प्लेन सिट वा प्लास्टिकमा लामो पारेर थुप्राई बढी उज्यालो पार्न सकिन्छ , गड्यौला प्रकाश मन नपराउने भएकाले गड्यौला जति तल जम्मा हुन्छन र माथि भएको मललाई सोरेर जम्मा गर्न सकिन्छ ।यसो गरे पश्चात यी गड्यौलाहरुलाई पुनः माथि बताइए अनुसार पिट बनाएर फेरी प्रयोग गरी गड्यौलीमन उत्पादन गर्न सकिन्छ ।
युबराज शर्मा
B.Sc Agriculture , 6th semester
Institute of Agriculture and Animal Science, lamjung Campus