Sorry, that menu does not exist.
 

आजको तस्वीर : अचम्मै छ, कहिँ नभएको कडाई यहिँ छ !

बागलुङ २०७७ कात्तिक ३ । हिन्दुहरुको महान पर्व विजया दशमीको पावन अवसरमा नवदुर्गाको पूर्व सन्ध्या असोज ३० गतेको मध्यराति देखी कोरोनाको सन्त्रास देखाएर कात्तिक ९ गते मध्यराति सम्म निषेधाज्ञा जारी गरेर जिल्ला प्रशासनले श्रद्धालु भक्तहरुलाई शक्तिपीठहरुमा जान रोक लगाएको छ । नेपालीहरुले मनाउदै आएका साँस्कृतिक, धार्मिक, चाड पर्वहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने सरोकारवाला निकायहरुले सोच्नु पर्ने कुरा हो । राजधानीमा हजारौँ संख्यामा श्रद्धालु भेला भएर मच्छिन्द्र नाथको जात्रा सम्पन्न गरेका छन् । त्यहाँ कोरोनाको सन्त्रास नहुने । गाउँघरका मठ मन्दिर शक्तिपीठहरुमा कोरोनाको सन्त्रास देखाएर पूजाअर्चना गर्ने कुरा छोडौँ श्रद्धालुलाई मन्दिर परिसर भित्रै पस्न नदिने यो त गजबै भएन र ?

कोरोनालाई लिएर अहिले आम नागरिक जागरुक भैसकेका छन् । सामाजिक दुरी कायम गर्नुपर्ने मास्क अनिर्वार्य लगाउनु पर्ने, सरसफाईमा विशेष ध्यान दिनु पर्ने आदि स्वास्थ्य सुरक्षा मापदण्डबारे आम नागरिक सचेत छन् । सरोकारवाला निकायहरुले विभिन्न धार्मिक संस्थाहरुसंग समन्वय गरेर परम्परा देखी चलिआएका चाडपर्वहरुलाई उचित व्यवस्थापन गर्न आवश्यक पहल गर्नु पथ्र्यो । एक्कासी निषेधाज्ञा जारी गरेर आम नागरिकहरुको धार्मिक आस्थामाथी ठेँस पुग्ने काम हुनुलाई सहजरुपमा लिन सकिदैन ।

समाजमा विभिन्न प्रकारका असाध्य रोगव्याध माहामारी देखिएमा स्थानीयहरु विभिन्न शक्तिपीठहरुमा गएर रोगव्याधबाट मुक्त हुन प्रार्थना गर्ने परम्परा रहेको छ । तर यहाँ त कोरोनाको डर देखाएर शक्तिपीठहरु नै बन्द गरिएको छ ।

बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रमुख शक्तिपीठ मानिन्छ । विजया दशमीको अवसरमा विशेष पूजार्चना गरिने कालिका भगवती मन्दिरको प्रवेशव्दार नै बन्द गरिएको मात्र नभएर मन्दिर परिसरको बाहिरी व्दारमा प्रहरी तैनाथ गरी श्रद्धालुहरुलाई जान बाट रोकिएको छ । बिडम्वना त के भने श्रद्धालुहरु मन्दिर परिसरमा प्रवेश गर्लान भनेर प्रवेश व्दार अगाडी डोरी टाँगिएको छ । अचम्मै छ, कहिँ नभएको कडाई यहिँ छ । श्रद्धालुहरु भनिरेका छन यो त अति भयो ।

(आज विहान खिचिएको तस्बीर,कालिका भगवती मन्दिरको बाहिरी प्रवेशव्दार देखी १०/१५ मिटर वरै डोरी टाँगेर प्रहरी तैनाथ छन् । ईन्सेटमा कालिका भगवती मन्दिर मुलढोका बन्द छ ।)

नवदुर्गा
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति। चतुर्थकम्।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।
सप्तमं कालरात्रीति।महागौरीति चाष्टमम्।।
नवमं सिद्धिदात्री च नवदुर्गास् प्रकीर्तितास्।
उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मनास्।।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

10 Comments