रामप्रसाद घिमिरे बागलुङ २०७७ असोज २७ । काठेखाेला गाउपालीका विहुँमा वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स एकिकृत गर्ने उदेश्यले वहुउद्देश्यीय सहकारी स्थापना गरिएको छ । काठेखोला गाउपालिका वडा नम्वर ५,६ र ८ लाई कार्यक्षेत्र बनाई परमानन्द स्मृति वहुउद्देश्यीय सहकारी स्थापना गरिएको हो ।
सहकारीले स्थानिय कृर्षि उत्पादन र बजारीकरण गर्ने ,प्राविधिक शिक्षलय संचालन गर्ने तथा पर्यटन प्रर्वदनमा काम गर्ने लक्ष लिएको छ । काठेखोला गाउपालिका कार्यलयमा २ सय २ जना सस्थापक शेयर सदस्यको ५ करोड १९ लाख १० हजार शेयर पूजि सहित सहकारी दर्ता भएको छ ।
बागलुङको विहुँकोट क्षेत्र वाट जापान अमेरिक यूरोप लगाएतका देशमा गई रोजारी एवं व्यवसाय संचालन गरिरहेका विहुकोटवासीहरुले आर्जन गरेको पुजी प्राय घर जग्गामा लगानी गरिरहेको सन्र्दभमा सो लगानी एकिकृत गरी ग्रमिण क्षेत्रमा रोजगारी सृजना गर्ने उदेश्यले सहकारी स्थापना गरिएको जनाईएको छ । विहुँकाेट वाट अमेरिकामा व्यवसाय गदै आउनु भएका प्रकाश कंडेल, जापानमा व्यवासय गर्ने टिकाराम कंडेल,कृष्ण सुवेदी र दिपक कंडेलेको पहलमा सहकारी स्थापना गरिएको हो ।
विहुँकोटमा जन्मेर देशका विभिन्न ठाँउमा विद्यालय स्थापना गर्ने सामाजिक कार्य र वैदिक सनातन धर्मको प्रचारप्रसार र संरक्षणमा जिवन सर्मपण गर्नु हुने ,राष्ट्रशन्त विभुषण प्रप्त गर्नु भएको १००८ स्वामि ज्ञानानन्द सरस्वति ज्यूको स्मरण एवं वहाको समृद्ध समाज निर्माणको उदेश्य कार्य र त्यागको सम्झनाका लागि सहकारीको नाम परमानन्द स्मृति राखिएको जनाईएको छ ।
सोमवार स्थापना भएको सहकारीको तदर्थ समितिको अध्यक्षमा डिल प्रसाद कडेल चयन हुनु भएको छ समितिको उपाध्यक्षमा गौरिशंकर शर्मा सुवेदी, सचिव कृष्ण प्रसाद कंडेल,सहसचिवमा नारायण प्रसाद कंडेल, कोषाध्यक्ष चन्द्रिश्वर कंडेल रहन् भएको छ । सदस्यहरुमा कृष्ण प्रसाद कंडेल लिलावती सुवेदी, खगराज कडेल,टिकाराम कंडेल शान्ती सापकोटा,वेद प्रसाद कंडेल रहेका छन् ।