बागलुङ २०७७ असोज २६ । कोराना संक्रमणबाट नेपालमा आज मात्र ४ हजार ४७ जना संक्रमित बनेका छन् । यससंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । पछिल्लो २४ घण्टमा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् । बागलुङमा पनि संक्रमितहुनेहरुको संख्या बृद्धि भैरहेको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार आज मात्रै बागलुङमा ७ जनामा कोरोना संक्रमण देखिएको छ । नेपाली सेनामा कार्यरत २ जना सहित बागलुङ नगरपालिका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । हिँजो मात्रै नेपाली सेनाका २७ जना सहित ३६ जनामा कोरोना देखिएका थियो ।
अर्थात बागलुङ जिल्लामा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । आजका मिति सम्ममा बागलुङ जिल्लामा कुल ५३२ संक्रमित रहेकोमा निको भएर घर फर्कनेहरुको संख्या २८३ रहेको छ भने बाकीको जिल्लाका विभिन्न आईसोलेशन केन्द्रहरुमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालय बागलुङले दिएको जनाकारी अनुसार कोरोना संक्रमणबाट हालसम्म एक जनाको मात्र मृत्यु भएको छ ।
कोरोना संक्रमण रोक्न स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गराउन आवश्यक सचेतना कार्यक्रमहरु सन्चालन भैरहेका छन् । आजै बागलुङ सदरमुकाम बागलुङ बजारमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अगुवाईमा प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठ, नेपाली सेनाका मेजर प्रवेश बस्न्यात लगाउत सुरक्षा निकायका प्रमुखहरुको टोलीले बजार अनुगमन गरी स्वास्थ्य मापदण्डका बारेमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । टोलीले सडकमा हिँडिरहेका यात्रु तथा साना ठुला सवारी साधन प्रयोग गरिरहेकाहरुलाई रोकी स्वास्थ्य मापदण्डका बारेमा जानकारी गराएका थिए ।
बागलुङ बजारका विभिन्न चोकहरुमा पुगेर टोलीले अनिवार्य रुपका मास्क लगाउन, सामाजिक दुरी कायम गर्न, साबुन पानीले राम्ररी हात धुन वा स्यानीटाईजर प्रयोग गर्न आग्रह गरेको टोलीका सदस्य एवं बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक रामप्रसाद खनालले ईबागलुङलाई बताए ।
यस सचेतना कार्यक्रमका अवसरमा ट्राफिक प्रहरीले नियम विपरीत सवारी हाँक्नेहरुलाई कार्बाही गरिएको ट्राफिक प्रमुख शिव पाठकले बताए ।
स्वास्थ्य कार्यालय बागलुङको विवरण
आजको तस्वीर : बागलुङमा कोरोना सचेतना
२०७७ आश्विन २६, सोमबार १८:२४
Footer Slider, Top News, अन्य समाचार, विविध
Related Posts
२०७८ आश्विन १९, मंगलवार १९:०६
फ्यूचर ब्राईटरको व्यवस्थापकीय कमजोरीको कारण दुई विद्यार्थी घाइते
२०७८ श्रावण १८, सोमबार १०:२०