बागलुङ २०७७ असोज २४ । बागलुङमा कोरोना (कोविड-१९) संक्रमितको संख्या डरलाग्दो हिसाबले बढी रहेको छ । भरखर प्राप्त, पछिल्लो विवरण अुनसार बागलुङमा ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य नेपाली सेनाको २३ नं बाहिनी उपल्लाचौरका १५ जना र अर्जुनबाण गण घोँडाबाँधेका १२ जना रहेका छन् । अन्य संक्रमितहरुमा बागलुङ नगरपालिका २ का ६, ताराखोला गाउपालिका १, गुल्मीका १ र रामेछापका १ जना रहेका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले आज दिउसो प्रकाशित गरेको आद्यावधिक विवरण अनुसार बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउपालिकाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो ।
यस अघी स्वास्थ्य निर्देशनालय गण्डकी पोखराले २०७७ असोज २१ गते सम्प्रेषण गरेको विवरण अनुसार २८ जना सेनामा कोरोना संक्रमण पुष्टि भएकोमा संक्रमित मध्य २३ नं बाहिनी उपल्लाचौरका १८ जना र १० जना अर्जुनबाण गण घोडाबाँधेका थिए । यसैगरी २०७७ असोज १८ गते नेपाली सेना २३ नम्बर बाहिनीका १३ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।