Sorry, that menu does not exist.
 

यस्तो छ, निर्माणाधीन दाबगरा बसपार्क भित्रको नालेबेली !

सोम शर्मा, बागलुङ २०७७ असोज १८ । बागलुङ नगरपालिका- ४ उपल्लाचौर दाबगरामा १७ वर्ष पहिले शिलान्याश (निर्माण शुभारम्भ) गरिएको दाबगरा बसपार्क बिभिन्न कारणबस हालसम्म निर्माणाधीन अवस्थामै छ ।

बागलुङ नगरपालिकाले २०६० सालमा उपल्लाचौर दाबगरका जग्गाधनीहरुले दाबागरमा बसपार्क निर्माण गर्ने भए बसपार्कका लागी ३० रोपनी जग्गा नि:शुल्क दिने शर्तमा दाबागरामा बसपार्क गर्ने निर्णय गरेको थियो र बागलुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले बसपार्कको शिलान्यास गरेका थिए ।

विविध आरोह अबरोह झेल्दै आएको सो निर्माणाधीन दाबगरा बसपार्कलाई नगर विकास कोष बाट ९ करोड ४ लाख ऋण सहयोग प्राप्त भएपछी २०७५ साल बैशाख २६ गते बागलुङ नगरपालिकाले बसपार्क निर्माणा लागी वोलपत्र आव्हान ग-यो । सूचना अनुसार म्याद भित्र पर्न आएका सुनकोशी वल्र्डवाईड जुम्ली जेभी, गजुरमुखी श्रृंखला आचार्य जेभी, देव एण्ड सागर बंगलामुखी बीएन जेभी र फेवा आशिष सेवा जेभीले पेस गरेका चार बोलपत्रहरु मध्य दुई बोलपत्रहरुलाई षडयन्त्र पूर्वक सिस्टममा नपरेको भनी पक्रियामै समावेश नगरी देव एण्ड सागर बंगलामुखी बीएन जेभी र फेवा आशिष सेवाजेभीले पेस गरेका बोलपत्रहरु प्राविधिक मुल्यांकनमा सफल भएको भनी २०७५ साल साउन ६ गते फेवा आशिष सेवा जेभीले पेस गरेका बोलपत्र स्वीकृत ग-यो ।

यसैबीच महालेखा परीक्षकको कार्यालय (डोरमुकाम, बागलुङ)ले २०७५ पुस २६ गते ७४ पाने प्रारम्भिक प्रतिवेदन बागलुङ नगरपालिकालाई पठाउदै प्रतिवेदनमा उल्लेखित विषयका सम्वन्धमा आर्थिक कार्यविधी ऐन २०५५को दफा १९(१) बमोजिम ३५ दिन भित्र फछ्र्यौट गरी सम्परीक्षण गराउन निर्देशन दियो ।

महालेखाको निर्देशनमा निर्माणाधीन दाबागरा बसपार्कमा स्काभेटर प्रयोगरी काम गरेको तर ज्यामी लगाएर काम गरेको (मेशिनबाट काम गरी म्यानुअल) मा भुक्तानी गरेर १० लाख भन्दा बढी रकम हिनामिना गर्ने दाबगरा वसपार्क निर्माण उपभोक्ता समिति र नेत्रज्योति संघ बागलुङको भवन निर्माण गरेको आब २०७३/०७४मा भुक्तानी भैसकेको निर्माण कार्य पुनस् नापी गर्दै दोहोरा भुक्तानीका लागी पेसगर्ने ईन्जिनियर (करार) मोहन शर्मा, चेकजाँच गरी सिफारिस गर्ने प्रमुख जिल्ला ईन्जिनियर दयाराम अधिकारी लगायत योजना छनौट तथा नापजाँच लगायत भुक्तानी कार्यमा संलग्न कर्मचारी तथा पदाधिकारीहरुलाई छानविन गराई कानून बमोजिम आवश्यक कार्बाही गरी सम्वन्धित उपभोक्ता समितिसंग उक्त रकम रु १३,०७,६२०।१० असुल गर्न महालेखाले निर्देशन दियो । प्रतिबेदनमा उल्लेखित प्राविधिक कर्मचारीहरुले भ्रष्टाचार गरी लिएको रकम नगरपालिकामा फर्काएका छन् । यस सम्वन्धी फाईल अख्तियारमा पुगेको छ । भ्रष्टाचार गर्ने, भेदखुले पछी भ्रष्टाचार गरेको रकम फर्काउदै्रमा भ्रष्टाचारको अभियोगबाट उन्मुक्ति पाईन्छ भन्ने प्रश्न जीवितै रहेको अवस्थामा २०७५ फागुन १४ गते तत्कालीन शहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईबाट निर्माणाधीन दाबागरा बसपार्कको शिलान्यास गराईएयो । एक चोटी प्रमुख जिल्ला अधिकारीबाट शिलान्यास भैसकेको निर्माणधीन दाबागरा बसपार्कको पुन: शिलान्यास गराउनु भित्रको रहस्य बझि नसक्नु छ ।

१० करोड ४६ लाख ८७ हजार ५ सयको लागत इस्टिमेट गरिएको उक्त परियोजनालाइ निर्माण कम्पनी फेवा आशिष सेवा जेभीले रु ८ करोड ८० लाख ६५ हजार १ सय ९८ मा निर्माण गर्ने जिम्मा लिएर बसपार्कको काम कछुवा गतिमा भैरहेको छ । सम्झौता अनुसार निर्माण कार्य नगरेपछी ठेकदार कम्पनिलाई २ पटक म्याद थप भैसकेको छ । पछिल्लो पटक थपिएको म्याद यहि कात्तिक मसान्त सम्म रहेकोले यस म्याद भित्र बसपार्क निर्माण सम्पन्न हुने विश्वास गर्न सकिने अवस्था छैन ।

निर्माणाधीन दाबगरा बसपार्क बारे थप जानकारीका लागि तलका लिंकहरु पढौँ

शहरी विकास मन्त्री इश्तियाक राईबाट बागलुङ बसपार्कको १४ वर्ष पछी पुन: शिलान्यास गराईँदै !

बागलुङ नगरपालिकामा करोडौँ अनियमितता, कार्बाही गरी असुल गर्न महालेखाको निर्देशन !

नेत्रज्योति र दाबगरा बसपार्क निर्माणमा भ्रष्टाचार गर्नेहरुले रकम फर्काए, अरुले कहिले फर्काउलान ?

बसपार्क ठेक्का प्रकरणमा आर्थिक चलखेल: बोलपत्र मुल्यांकन तथा सिफारिस समिति नै दोषी !

नगरपालिकामा करोडौँको चलखेल ! ज्यालादीरीको हालीमुहालीले कर्मचारी यन्त्र तहस नहस !

फाईल तस्वीर

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment