Sorry, that menu does not exist.
 

बन्दाबन्दीको उपयोग : बागलुङ बलेवाका युवाले सुरु गरे नौलो उद्यम !

देबेन्द्र बागलुङे कान्छा बागलुङ् २०७७ भदौ २२ । विश्वभर फैलँदो कोभिड-१९ महामारी नियन्त्रणको अस्त्रको रुपमा धेरैजसो मुलुकमा लकडाउन जारी गरिएका कारण गरिखाने थुप्रै मानिसहरु घरको सानो कोठरीमा सीमित हुन पुगेका छन् । थुप्रैको रोजीरोटी गुमिसकेको छ। कोरोनाबाट सबैभन्दा मार खेपेको क्षेत्र भने होटल तथा पर्यटन व्यवसाय एवं लत्ता कपडा लगायतको व्यापार हो ।

कोभिड-१९ अर्थात् कोरोनाको वैश्विक महामारी नेपालमा समेत फैलिंदै जाँदा नेपाल सरकारले २०७६ साल चैत्र ११ गतेदेखि गरेको बन्दा(बन्दी तथा महामारीको दर बृद्धि हुँदै कतिपय जिल्लामा निषेधाज्ञा समेत जारी गरिएको छ ।

लैना पाडा-पाडी संकलन गरी पाल्ने र पशुपालन र दुग्ध उत्पादनमा गाउँलाई आत्मनिर्भर बनाई रोजगारी सिर्जना गर्ने सोच ।

बन्दा(बन्दीको समयलाई कतिपयले आफु र आफ्नो उद्यमलाई रुपान्तरण गर्दै अनुकरणीय कार्य गर्ने अवसरका रुपमा समेत उपयोग गर्न थालेका छन् । त्यही मध्यका जोसिला युवाको रुपमा काठमाण्डौं लाजिम्पाटमा विगत तीन बर्षदेखि होटल व्यवसाय संचालन गर्दै आएका होटल प्राइमल्याण्डका संचालक तथा व्यवस्थापक बागलुङ, बलेवाका युवात्रय चेतन, लालु र रमेश लामिछाने रहेका छन् । उनीहरू कोरोनाका कारण ठप्प व्यवसायका बारेमा चिन्तित रहेरमात्र बसेनन्। अधिकांश युवाहरु जस्तै चुरोटको धुँवा उडाउँदै कोठा(कोठामा तासका बुक पल्टाउँदै म्यारिज खेलमा मग्न पनि रहेनन् । बरु आफ्नो व्यवसायिक मस्तिष्कलाई नवीन सोंचमा लगाए ।

गाउँमा पशुपालन गर्ने किसानहरु अभाव हुँदै गएको, दूध समेत बजारबाट लगेर खानुपर्ने अवस्था तथा यातायातको सुविधा पुगेसँगै ऋण सापट गरी सुख(सयलमा बसी(बसी खाने संस्कार विकसित भईरहेको र बैदेशिक रोजगारीका कारण युवा(युवतीहरु लाहुरे बन्न लालायित हुँदै जाँदा गाउँमा बृद्ध(बृद्धाहरु सन्तानको बाटो हेरी पिलपिल गरी पिंढीमा बस्ने अनि बचे खुशेका केही थान युवाहरु पनि दिनभर ध्रुमपान तथा मद्यपानमा मस्त रहने दुस्खदायी अवस्थाका बिच आफ्नो जन्मभूमि पैयुँपाटा ९खर्सेडाँडा० पुगेर नूतन व्यवसायिक कर्म आरम्भ गर्ने निष्कर्षमा पुगे र गाउँ फर्किए।

गोठमा हुर्कंदै गरेका पाडा(पाडीहरु स्याहार गर्दै रमेश । तस्बीर सौजन्य- रमेश लामिछाने ।

गाउँगाउँमा गुजारा खेती तथा पशुपालनका परम्परागत प्रणाली जस्तै दुई चार गरा खेतबारी अनि एउटा बाख्रो, एउटा गोरु, एउटा गाई र एउटा भैंसी पाल्ने र परिवारका सारा सदस्यको समय र श्रम त्यसमै खर्चिने पद्धति अद्यापि छ्याप्छ्याप्ती भेटिन्छ ।

उक्त पद्धतिलाई रुपान्तरण गर्ने व्यावसायिक सोच बोकी गाउँ पुगेका युवाहरु भैंसी पाल्ने किसानका घर(घरमा मिठो सन्देश लिएर पुगे । ूपाल्नाका दुस्खले माया लाग्दा(लाग्दै पनि क्रुर मन गराएर काटेर खानेलाई दिनुपर्थ्यो, बाबुहरुले निकै राम्रो कामको सुरुवात गर्न थालेछौ । म निस्शुल्कै भएुनि दिन्थें तिमीहरुले त झन तिनीहरुले भन्दा दोब्बर पैसा दिएर लानेरैुछौ। मलाई त एकदम खुशी लाग्यो।ू केहीदिन अगाडि मात्र ब्याएको भैंसीका लैनो पाडी जिम्मा लाएका खर्सेडाँडाका किसान भूमिश्वर शर्मा बताउछन ।

अवोध पाडा(पाडीहरुलाई पाल्नका दुस्खले जन्मिंदै माउको मुख हेर्न समेत नदिई लुकाउने र काटी खानेलाई दिने गलत अभ्यास रहिआएको थियो । एकातिर ती अवोध पाडापाडीहरुको एकपटक समेत आफ्नो आमाको स्तनपान गर्न नदिई, माउलाई बच्चाको मुख हेर्न नदिई भकारोको कुनामा लुकाई(लुकाई काटी खानेका हातबाट रेटिंदै मृत्युबरण गरी शिकार हुनुपर्ने दर्दनाक अवस्थाले मनमा चसक्क घोच्थ्यो भने अर्कोतर्फ निर्दोष पाडा(पाडीहरुको बाँच्न पाउने अधिकार समेत हनन हुन नदिने र गाउँमा गाई(भैंसीका बाच्छा(बाच्छी तथा पाडा(पाडी हुर्काउने मानिसहरु समेत नहुँदा किसानलाई एउटा भैंसी किन्दा अलि पहिला सहर बजारका छेउछाउमा घडेरी नै आउने गरी लाखौं मूल्य तिर्नुपर्ने अवस्थालाई हृदयंगम् गर्दै युवाहरु पाडा(पाडीहरुको संकलन, पालन पोषण तथा संरक्षणमा जुट्न थालेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि वडा कार्यालयमा निवेदन बोकी बस्दा गाउँलाई पशुपालन तथा दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउने तथा रोजगारी समेत सिर्जना गरी गाउँमा बेरोजगार युवाहरुलाई रोजगारी दिलाउने दिगो सोचले मूर्तरुप लिएको तीन भाइमध्यका कान्छा रमेश बताउँछन् ।

गाउँमा मान्छेहरु सहर र सुविधा सम्पन्न ठाउँमा बसाईं सरेसँगै बेवारिसे रहेका गाईगोठहरु प्रयोग गर्ने अनुमति माग्दै, तिनीहरुको मर्मत तथा सम्भार गर्दै पाडा(पाडी मैत्री बनाउने र दुधको लागि लैना गाई(भैंसी खरिद गर्ने र भकारो व्यवस्थापनमा ती युवाहरु अहोरात्र खटिए । यस कार्यमा उनीहरुका बुवा नारायणदत्त, आमा मिनादेवी र बहिनी भगवतीले समेत होस्टेमा हैंसे गर्न थाले ।

बागलुङ नगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा ूबलेवा पशुपालन केन्द्रू दर्ता गरी दाजु चेतन र लालु बाँकी जिम्मा बुवा र भाइलाई सुम्पेर काठमाण्डौ फर्किए भने जोसिला भाइ रमेश ब्याउने भैंसी भएका किसानका घर(घरमा पुगी ूपाडा(पाडी काटेर खानेलाई लैना पाडा(पाडी नदिनू ।हामी केही रकम पनि दिन्छौं, यिनीहरुलाई संरक्षण गर्ने र बयस्क भैंसी वा राँगा बनाई तपाईंहरुलाई नै पछि बरु सुपथ मूल्यमा बेच्छौं ू भन्दै आफुलाई भैंसी ब्याएपछि खबर गर्न भन्दै मोबाईल नम्बर र बैना छोड्दै अगाडि बढ्न थाले ।


आजका मितिसम्म उनीहरुले गाउँभरिबाट झण्डै ५० वटा लैना पाडा(पाडी संरक्षणका लागि जम्मा गरी हुर्काउने जिम्मा लिईसकेका छन् भने ती पाडा(पाडीलाई दुधको जोहो गर्न ३ वटा लैना भैंसी र एउटा गाई समेत खरिद गरेका छन् ।

ूलैना पाडा(पाडी संकलन गरी हुर्काउन निकै कठिन कार्य हो। लामो समयको त्याग र धैर्यता नहुने हो भने व्यवसाय असफल पनि हुन सक्छू व्यवसायको सुरूवात गरी बुवा र भाइलाई जिम्मा लगाई पहिलो चरणको बन्दाबन्दी समापनसँगै काठमाण्डौ फर्केका चेतन भन्छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

32 Comments