बागलुङ २०७४ बैशाख २३ । रमापती लक्ष्मीनारायण संरक्षण गुठी संचालक समिति बागलुङको बैठक बानपा ३ मुलपानीमा सम्पन्न भएको छ । बैठकमा गुठीव्दारा संचालित लक्ष्मीनारायण मन्दिरको पुननिमार्ण, मर्मत एवं व्यवस्थित गराउने बिषयमा बैठकमा छलफल भएको छ ।
बागलुङ नगरपालिका १४ बलेवा स्थित मोदीबेणीमा रहेको मन्दिरको चौतर्फी विकासको लागि सरकारी निकाय, बिभिन्न सघंसस्था एवं व्यक्तिसग सहकार्य गर्ने निर्णय बैठकले गरेको रमापती लक्ष्मीनारायण संरक्षण गुठीका अध्यक्ष चित्रराज पन्तले जानकारी दिए ।
समितिले संचालन गर्दै आएको मन्दिर संरक्षण गुठीको व्यवस्थापन बारे बिभिन्न निकायलाई जानकारी गराई विकास गर्ने तयारी भईरहेको पन्तको भनाई थियो ।
मन्दिरको विकास सगै धार्मिक,पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन आफुले सहयोग गर्दै जाने नेपाल सरकारका पुर्व सहसचिव हरिराज पन्तले बताए । बैठकले संचालक समितिको सचिवमा प्रदिप पन्तलाई चयन गरेको छ । गुठीका अध्यक्ष चित्रराज पन्तको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।