Sorry, that menu does not exist.
 

मुक्तक : एकान्तमा बसेर आँसु झारेको कुरा कसलाई भनु ?

जिन्दगी आफैबाट हारेको कुरा कसलाई भनु ?
एकान्तमा बसेर आँसु झारेको कुरा कसलाई भनु ?
जीवनको कहानी त नाटक जस्तै बनिरहेछ यहाँ
दिलमा बस्नेले बसाई सारेको कुरा कसलाई भनु ?
***
फेसबुक खोली हेर्दा धेरै थरी मित्र भेटिन्छन् ।
असल खराब भन्ने उसको चरित्र भित्र भेटिन्छन् ।
मन त त्यतिबेला दुख्छ जब मोबाइल खोली हेर्दा
ग्यालरीमा उसंगै भएको अर्कैका चित्र भेटिन्छन् ।
***
चौतारीको वर पिपल पनि ढल्दैछ सुनाइदिनु।
आगोले जस्तै भतभत मुटु जल्दैछ सुनाइदिनु।
मेरो खबर उनले कहिकतै सोधिहाले भनेपनि
तिमीलाई नै सम्झिएर दिन चल्दैछ सुनाइदिनु ।

सबिता खत्री (जिज्ञासु)
ताराखोला गा।पा ३ बागलुङ

ड्ड

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

2 Comments