Sorry, that menu does not exist.
 

यस्तोछ, बागलुङको कोरोना अपडेट : सरोकारवालासंग लिएको एक्सक्लुसिव ईन्टरभ्यू !

राम प्रसाद घिमिरे, बागलुङ २०७७ भदौ १४ । नेपालमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बृद्धि भैरहेछ । मृत्यु हुनेको संख्या पनि बढी रहेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आजको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार आजै मात्र १२०१७ जनाको पीसीआर परीक्षण गरिएकोमा १२२१ जनामा कोरोना पुष्टि भएको छ । यससंगै नेपालमा कुल संक्रमितको संख्या ३८५६१ पुगेको छ भने मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

यता बागलुङ जिल्लामा आज बिहान थपिएका दुई संक्रमित महिला सहित कोरोना संक्रमितको संख्या २९४ पुगेको छ । स्वास्थ्य कार्यालय बागलुङले अपडेट गरेको विवरण अनुसार बागलुङ जिल्लामा हाल सम्म .RT PCR परीक्षण गरिएका ६३७९ र RTD परीक्षण गरिएका २१५१ जना मध्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लामा उपचार पछी निको हुनेहरुको संख्या २६१ रहेको छ । क्वारेन्टाईनहरुमा ६३ जना रहेको पनि विवरणमा उल्लेख छ ।

अधिकांश अनलाईन पत्रिकाहरुले कोरोनाबाट मृत्यु हुनेको संख्यालाई उच्च प्राथमिकता दिएर समाचार सम्प्रषण गरिरहँदा समाजमा यसको सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी परेको गुनासाहरु बाहिर आएका छन् । बागलुङ नगरपालिकामा कोरोना समुदायमा फैलिएको छ, तर बागलुङ जिल्लामा समुदायमा फैलिएको अवस्था छैन । बागलुङ नगरपालिका नभनी बागलुङमा कोरोना समुदायमा फेलिएको सन्देश चाही बाहिर गएको छ । जसले एक किसिमको भयावह स्थितीलाई ईगित गर्न खोजेको अनुभूति दिन्छ ।

बागलुङ नगरपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद खनाल
बागलुङमा गत चैत ४ गते बेल्जियबाट कतारको दोहा दुँदै काठमाडौ आएकी बागलुङ नगरपालिकाका दुई महिलाहरुमा कोरोना संक्रमण देखिएको थियो । उनिहरु धौलागिरी अस्पतालको आईसोलशन कक्षमा रहेर निको भएर घर फर्किएका थिए । त्यसपछी रोजगारी लगायत विभिन्न कामका लागी भारत लगायत तेश्रो मुलुकमा गएका जिल्लाबासीहरु धमाधम घर फर्किन थालेपछी जिल्लामा कोरोना संक्रमणको सन्त्रास ह्वात्तै बढेको हो । यसरी भारत लगायत तेश्रो मुलुकहरुबाट घर फर्किनेहरुको लागी जिल्लाका दशै पालिकाहरुमा रहेका विद्यालयहरुमा क्वारेन्टाईन कक्षको निर्माण गरी उनिहरुको व्यवस्थापन गरी स्वाब परीक्षण गर्ने प्रवन्ध मिलाईएको र रिपोर्ट नेगेटिव आएपछी घर पठाउने गरिएकोमा पछिल्लो समय विद्यालयहरुमा रहेका क्वारेटाईन बन्द गर्ने निर्देशन आएपछी भारत लगायत मुलुकहरुबाट घर फर्किनेहरुलाई पालिकामा रहेका अन्य सामुदायिक भवनहरुमा राख्ने वा स्वगृहमा क्वारेन्टाईनमा बस्नेगरी पठाईन थालेको पालिकाहरुले जनाएका छन् । एकातिर कोरोना कहरकै कारण सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द रहेका छन, अर्कोतिर पालिकाहरुमा सामुदायिक भवनहरुको अभावले गर्दा विदेशबाट घर फर्कनेहरुको व्यवस्थापनमा समस्या आएको पालिकाहरुले बताईरहेका छन् ।

संक्रमित स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे, धौलागिरी अस्पताल ।
भारत लगायत तेश्रो मुलुकबाट जिल्लामा आउनेहरुमा सर्वाधिक संख्या निसीखोला गाउपालिकाको रहेको छ । गाउपालिकाका स्वास्थ्य प्रमुख टोपबहादुर चन्दले दिएको जानकारी अनुसार हालसम्म ९सय ७५ जना गाउपालिका फर्किएका छन् भने फर्किने क्रम जारी नै छ । यसैगरी बडीगाड गाउपालिकामा बिदेशबाट फर्किनेहरुको संख्या ६३७ भन्दा माथी रहेको चुडामणि कँडेलले ईबागलुङलाई बताए ।

बडीगाड गाउपालिकाका स्वास्थ्य प्रमुख निरन्जन यादव
यसैगरी बागलुङ नगरपालिकाका स्वास्थ्य प्रमुख रामप्रसाद खनालका अनुसार बागलुङ नगरपालिकामा भारत लगायत अन्य मुलुकहरुबाट घर फर्किनेहरु ५७७, सहकर्र्मी रितुवर्ण पौडेलले दिएको तथ्यांक अनुसार ढोरपाटन नगरपालिकामा ४३८, गल्कोट नगरपालिकाका स्वास्थ्य संयोजक मीनराज गैरेले गल्कोटमा ३५३ जना घरमा फर्किएका थिए भने काठेखोला गाउपालिकामा २७५ जना रहेको सोमराज पन्तले बताएका छन् ।

औषधि व्यवसायी संघका अध्यक्ष इन्द्रबहादुर थापा
बरेङ गाउपालिकामा २७४ जना घरमा फर्किएको त्यहाँका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले ईबागलुङलाई बताए भने जैमिनी नगरपालिकाका स्वास्थ्य प्रमुख गोविन्द शर्माका अनुसार २३६ जना घर फकिैएका छन् भने ताराखोलाका स्वास्थ्य प्रमुख दीपक खड्काका अनुसार १४९ जना ताराखोला फर्किएका छन् भने तमानखोलामा ८४ जना घर फर्किएको गाउपालिकाले जनाएको छ । सबै पालिकाहरुमा भारत लगायत तेश्रो मुलकहरुबाट घर फर्किन सिलसिला जारी रहेको पालिकाहरुले जनाएका छन् ।
कोरोनाको संक्रमणको सन्त्रासबाट घर फर्किएकाहरुलाई खासगरी बडीगाड गाउपालिका र गल्कोट नगरपालिकाले गरेको व्यवस्थापन ( क्वारेन्टाईन)को निकै प्रशंसा समेत गरिएको हो । धौलागिरी अस्पताल, धौलागिरी क्याम्पस, बहिरा आवासीय विद्यालय, गल्कोटको नरेठाँटी स्वास्थ्य चौकी र बुर्तिवाङ पा्रथमिक स्वास्थ्य कैन्द्र र निसीभूजी जनता क्याम्पस आईसोलेशन केन्द्रहरुमा भएको संक्रमितहरुको हेरचाह र यसमा अहोरात्र खटिएका चिकित्सक स्वास्थ्यकर्र्मी कर्मचारी जनप्रतिनिधीहरुको सेवाको जति नै प्रशंसा गरेपनि कम नै हुन्छ ।

यसैवीच धौलागिरी अस्पतालमा स्वाव परीक्षणका लागी स्वास्थ्य मन्त्रालयबाट पीसीआर मेशिन खरीदका लागी रु १ करोड निकासा भएको सुसमाचार पनि प्रकाशमा आएको छ ।

फार्मेसी सन्चालक चन्द्रराज रेग्मी
पछिल्लो समय सदरमुकाम रहेको बागलुङ नगरपालिका क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएकोले यहा निषेधाज्ञा जारी रहेको छ । यस बाहेका जिल्लाका अन्य नगर र गाउपालिकाहरुमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिसकेको अवस्था छैन । यी पालिकाहरुमा कोरोना संक्रमण फैलिन नदिन स्थानीय तहको विशेष सक्रियता आवश्यक रहन्छ । स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्डको पालना भए नभएको अनुगमन गरी यसको कडाईका साथ पालना गर्न गराउनु अहिलेको आवश्यकता हो । यस सम्वन्धमा ईबागलुङले बागलुङ नगरपालिकाका स्वास्थ्य प्रमुख राम प्रसाद खनाल र बडीगाड गाउपालिकाका स्वास्थ्य प्रमुख निरन्जन यादव संग कुराकानी गरेको छ । यसैगरी कोरोना संक्रमणको नियन्त्रणमा खटिँदा खटिँदै संक्रमित हुन पुगेका स्वास्थ्यकर्मी देव प्रकाश घिमिरे औषधि व्यवसायी संघका अध्यक्ष इन्द्रबहादुर थापा र फार्मेसी सन्चालक चन्द्रराज रेग्मी संग कोरोना संक्रमण रोक्न के कस्ता उपायहरु अवलम्वन गर्नु पर्ला आदि विषयमा लिएको एक्सक्लुसिव ईन्टरभ्यू जस्लाई यहाँ प्रस्तुत गरेका छौँ ।
स्वास्थ्य कार्यालय, बागलुङव्दारा आज जारी विवरण

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !