Sorry, that menu does not exist.
 

प्रशंगवस : बागलुङका दुई काण्ड जुन स्मरणमात्रले आङ जिरिङ्ग हुन्छ

बागलुङ २०७७ भदौ १२ । निर्माणाधीन मध्यपहाडी लोकमार्गमा १० वर्ष बीचमा दुई महिलाको नृशंस हत्या भएको छ । २०६७ साल माघ १९ गते गल्कोट हटिया बजारमा विहान सबेरै भएको सुशिला साहानीको निर्मम हत्या र त्यस्को ४ वर्ष पछी २०७१ साल भदौ १२ गते साँझ ५ बजेको समयमा बागलुङ बजार नजिकको बोक्सेको खाल्डोमा गरिएको रुपा गौतमको बिभत्स हत्या घटनाको स्मरणमात्रले अहिले पनि आङ जिरिङ्ग हुन्छ ।
संक्षेपमा भन्नु पर्दा सुुशिला साहानीको उनकै प्रेमी डिक्सन मल्ल (सहपाठी)ले एकजना साथीको सहयोगमा हत्या गरेको खुलेको थियो । साहानीले गर्भपतन गर्न नमानी बिबाह गर्न दबाब दिए पछी प्रेमी डिक्सन मल्लले त्यसो भए दुबैजना काठमाडौँ जाउँ भनेर त्यस दिन बिहानै बोलाएका थिए । घरबाट लत्ता कपडा लिएर निस्केकी साहानीलाई सडकमै पछाडीबाट धारिलो हतियारले शिरमा हानेर सडकमा ढलाएपछी उनको शिरमा ढुंगाले थिचीथिची हत्या गरिएको थियो । सडकमा रगतको ताल थियो । त्यो दृश्य कहाली लाग्दो थियो । साहानी हत्याकाण्डले गल्कोटमा उग्ररुप लियो । हजारौ जनसमुहले जुलुस नाराबाजी गरे, प्रहरी चौकीमा आगजनी गरे । अन्तत प्रहरीले अभियुक्त दुबैजनालाई नियन्त्रणमा लिएर मुद्दा चलायो र उनिहरु दोषि ठहरभै सँजाय भोगिरहेका छन् । यस बिभत्स हत्याकाण्डलाई ईबागलुङको सहयोगी अनलाईन धौलाश्री र कानेखुसीमा प्रकाशित भएको थियो ।

सुशिला साहानी हत्याको बिरोधमा गल्कोट हटियामा निस्केको जुलुस ।

२०७१ सालको भदौ १२ गते आजकै दिन यसै समय माईत पर्वत जिल्लाको पाङमा तीज मनाएर घर बिहुँ दोविल्ला फर्किदै गरेकी रुपा गौतमलाई बोक्सेको खाल्डो माथी मध्यपहाडी लोकमार्गको बीचमा हिँडिरहेको अवस्थामा धारिलो हतियारले गर्दनमा प्रहार गरी नृशंस हत्या गरिएको आज ६ वर्ष पूरा भयो तर हत्यारा (हरु) पक्राउ परेका छैनन् । ६।६ वर्ष सम्म प्रहरी अपराधी समक्ष पुग्न नसक्नु अहिलेको तीतो सत्य सावित भएको छ ।

२०७५ साल भदौ २३ गते गल्कोट हटियामा आयोजित तीजी महोत्सवमा गीत मार्फत रुपा हत्या काण्डको बिषयमा हालसम्म दोषिलाई सम्बन्धित निकायले कार्वाहिको दायरामा ल्याउन नसकेको उल्लेख गरेपछि सांसद मनकुमारी केसीले दोषिलाई कार्वाहि गर्नका लागी प्रहरी प्रशासन, स्थानिय निकाय र बागलुङका सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै सुशिला साहानी हत्या काण्ड पनि महिलाप्रतिको दमनको एक उदाहरण भएको बताउदै आगामि दिनमा सुशिला हत्या काण्ड देखि रुपा हत्या काण्ड जस्ता महिला सम्बन्धि घटनालाई कम गर्नका लागी आफनो क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गरेकी थिईन् ।

त्यसो त, जिल्ला प्रहरी कार्यालय बागलुङका तत्कालीन प्रहरी उपरीक्षक दीपक रेग्मीले २०७५ साल मंसिर १७ गते बागलुङ बजारमा आयोजित एक कार्यक्रममा रुपा गौतमको हत्यारा पत्ता लाग्यो दोषी नेपालमा नभएकाले पक्राउ गर्न समस्या भनेर बोलेका थिए । अझ सम्म अपराधी समक्ष प्रहरी पुगेको अवस्था छैन । २०७४ साल भदौ १२ गते ईबागलुङले बागलुङको बहुचर्चित रुपा गौतम हत्या काण्ड’ : तीन वर्ष बितिसक्दा’नि उहीँको उहीँ ! शिर्षकमा समाचार प्रकाशित गरेको थियो । यथार्थमा भन्नुपर्दा त्यही अवस्थामै छ, गौतम हत्याकाण्डको अनुसन्धान ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !