बागलुङ २०७७ भदौ ११ । बागलुङ नगरपालिका क्षेत्रमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछी दोश्रो पटक निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिएको छ । संक्रमण फैलिन नदिन सचेतनामुलक कार्यक्रमहरु सन्चालन भैरहेका छन् । अनिवार्यरुपमा मास्क लगाउन, भोतिक दुरी कायम गर्ने, सावुन पानीले राम्ररी हात धुने, सेनिटाईजगर प्रयोग गर्ने आदि स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालनाको लागी बारम्बर आग्रह गरिएको मात्र नभै स्वयं प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरुको टोलीले नगर अनुगमन गरी निषेधाज्ञालाई उल्लंघन गर्नेहरुलाई सम्झाई बुझाई गरी अनिवार्य मास्क लगाउन, भौतिक दुरी कायम गर्न, भीडभाड नगर्न, जथाभावी सवारी साधनहरु सन्चालनमा नल्याउन सचेत गराउदा पनि बेवास्ता गर्नेहरुलाई आज अनुगमन टोलीले कान समाती उठबस गराएर अबआईन्दा निषेधाज्ञाको उल्लंघन नगर्ने बाचा गराएर छोडेको छ ।
अनुरोध गर्दा बेवास्ता गर्ने, जरिवाना गर्दा कायस नमान्ने, कसले के गर्छ भन्ने जस्ता अटेरी प्रवृत्ती हावी हुँदै गएको परिप्रेक्षमा थप कडाईका साथ प्रस्तुत हुने पर्ने अवस्था नगरपालिका क्षेत्रमा देखिएको छ । अनुगमन सबैको भलाईका लागी हो । सबैले पालन गरे न कोरोना संक्रमणबाट बच्न सकिन्छ, संक्रमणलाई रोक्न सकिन्छ । आफ्नो लागी, आम नागरिको लागी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौँ । भयावह अवस्थामा पुगेको कोरोना संक्रमणको रोकथाम गरौँँ ।
आजको अनुगमनमा निषेधाज्ञाको उल्लंघन गरी सन्चालनमा आएका केहि दुई पांग्रे र केहि चार पाङग्रे सवारी साधनहरु पनि कार्बाहीमा परेका छन् । स्थानीय प्रशासनबाट जारी निर्देशन विपरीत खोलिएका आधा दर्जन पसलहरु पनि कार्बाहीमा परेको प्रशासन श्रोतले जानकारी दिएको छ ।
ईबागलुङ डेस्क
5 Comments