Sorry, that menu does not exist.
 

ढोरपाटन नगरपालिकाको सैखोलामा एमालेको चुनावी सभा सम्पन्न

खेमराज अर्याल, बुर्तिबाङ २०७४ वैशाख २३ । यही वैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागी नेकपा एमालेको चुनावी प्रचार प्रसार अभियान अन्र्तगत ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सैखोलामा भएको छ ।

चुनावी सभामा वोल्दै अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माले विकास समृद्धि र स्वाभिमानको रक्षाका लागी नेकपा एमालेलाई विजयी गराउन आग्रह गरे ।

त्यस्तै ढोरपाटन नगरपालिका नेकपा एमालेका मेयर पदका उम्मेदवार देव कुमार नेपालीले स्थानिय तहको निर्वाचनमा आफुलाई विजयी गराउन आग्रह गर्दै आफुले सधै यस क्षेत्रको विकास र समृद्धि चाहेको भन्दै नेपालीले निर्वाचनमा आफु विजयी भएपनि नभएपनि ढोरपाटन नगरपालिकाको वडा नम्बर ५ र ६ का सबै दलित वस्तीका खरले छाएको घरलाई छाउनका लागी आफ्नो व्याक्तिगत तर्फबाट करकट पाता सहयोग गर्ने बताए ।

कार्यक्रममा उपमेयर पदका उम्मेदवार करमती घर्ती दधिराम शर्मा ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुन पुराना वामपन्थी नेता वेग वहादुर पुन लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम ढोरपाटन नगरपालिका वडा नम्बर ५ का एमाले पार्टी संयोजक दिपेन्द्र पुनको अध्यक्षता अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य मोहनलाल शर्माको प्रमुख आतिथ्यता र सुनिल कुमार घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply