Sorry, that menu does not exist.
 

आजको तस्बीर : शहीदहरुको अपमान !

सोम शर्मा, बागलुङ २०७७ भदौ ७ । बागलुङ नगरपालिका वडा नवर १ स्थित निर्माणाधीन लामो झोलुंगे पुलको प्रबेश द्वारमै रहेको शहीद पार्क उद्यानको कुरुपता त्यहा हिंड्ने जो कोहि मान्छेको नजरमा ठोक्किने गर्छ। शहिदका शालिक समेत राखेर बनाइएको शहीद पार्कलाइ ब्यबस्थित गर्न अहिलेसम्म नगरपालिकाले चासो दिएको छैन। यसलाई बागलुङ नगरपालिकाव्दारा शहीदको अपमान भनि टिप्पणी गरिरहेका छन !

प्रभु बैंकले आर्थिक सहयोग गर्ने भनेर उद्घोष भैसक्दा पनि अहिलेसम्म त्यसको सौन्दर्यता झल्किन सकेको छैन। यसलाई ब्यबस्थित गर्ने र सुन्दर बनाउने जिम्मेवारि पाएको बागलुङ नगरपालिकाका नगरप्रमुख भने पुल बनाउन लागेकोले त्यसको काम गर्न नसकिएको बताउंछन । नगरपालिकाको चरम लापर्वाहीको ज्वलन्त उदाहरण बनेको छ बाँगेचौरको शहीद पार्क ।
तस्वीर बिदुर शर्मा ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !