Sorry, that menu does not exist.
 

ताराखोला गाउपालिका-४ थापागैरा खानेपानी आयोजना अनुगमन सम्पन्न

खगेन्द्र विश्वकर्मा, बागलुङ ताराखोला २०७४ बैशाख २२ । फिनल्यान्ड सरकारको २९ प्रतिशत नेपाल सरकारको २९ प्रतिशत गाउँ विकास समिति ताराको ६ प्रतिशत र जिल्ला समन्वय समिति बागलुङको ४ प्रतिशत गरि कुल ६० लाख २९ हजार १ सय ४८ रकम रहेको थापागैरा खानेपानी आयोजनाको अनुगमन गरिएको छ । उपभोक्ता समितिको जनश्रमदान १९ लाख १६ हजार ६ सय ५८ रहेको छ । गत मंसिर १४ गते सम्झौता भई आयोजनाको काम सुरु भएको हो ।

आयोजनाको कामको दोस्रो अनुगमन पश्चिम नेपाल ग्रामीण खानेपानी आयोजनाका ईन्जिनियर विष्णु गुरुङ जिल्ला समन्वय समिति बागलुङका ईन्जिनियर विवेक सापकोटा सब ईन्जिनियर सुर्य थापा फिल्म संयोजक सितापुनको टोलिद्वारा अनुगमन सम्पन्न भएको हो ।

आयोजनामा १ फिलिङटेक १ हिलटेक १ बाँस हाउस १ ऐर हाउस भल्भ ३ आरविडि ४२ सय ३२ मिटर मुख्य लाईन,५१ सय ९७ मिटर शाखा लाईन र पाईप सपोटर १ सय ७६ वटा रहेको छन् । जसमा तारजालि तथा रंगरोगन व्यक्तिगत धारा ४१ वटा निर्माण कार्य भैरहेको छ ।

जिल्ला समन्वय समितिले १८ लाख ७२ हजार ५ सय २० ,उपभोक्ताबाट १ लाख ३६ हजार नेपाल माविका निवर्तमान शिक्षक जितबहादुर खत्रीबाट २१ हजार सहयोग उपलब्ध भएको समितिकी कोषाध्यक्ष यामकुमारी खत्रीले बताईन् । आयोजनाको बाँकि काम जेष्ठ १० गते सम्ममा सम्पन्न गर्ने सचिव बुद्धि दर्जीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply