Sorry, that menu does not exist.
 

सिवाईसीव्दारा संस्थाका जेष्ठ सदस्य पौडेलको निधनमा श्रदाञ्जली सभा

सुमन जि.सी, बागलुङ २०७४ बैशाख २२ । चारतारे युवा क्लव नेपाल र सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले संस्थाका डा. तरुण पौडेल, नवराज पौडेल र संस्थाका शुभचिन्तक धनप्रसाद पौडेलका ममतामयी माता तथा संस्थाका सदस्य तारा पौडेल, उषा पौडेल र शुभचिन्तक सोनिया पौडेलका पुज्यनीय सासु एवम् संस्थाका सदस्य निकेतराज पौडेल र डा. सविता पौडेलका पुज्यनीय हजुरआमा संस्थाका जेष्ठ शेयर सदस्य, समाजसेवी, क्रियाशिल व्यक्तित्व बागलुङ जिल्ला जैमीनी नगरपालीका वडा नं. ८ छिस्ती निवासी स्व. ईन्द्रकला पौडेलको मिति २०७४ चैत्र १९ गते ७९ वर्षको उमेरमा भएको निधनप्रती दुःख र समवेदना व्यक्त गरेको छ ।

संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल नेतृत्वको टोलीले चौँथो पुण्य तिथीको क्रममा स्वर्गिय पौडेलको निवासमा पुगेर शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।

श्रदाञ्जली सभा कार्यक्रममा संस्थाको तर्फवाट संरक्षक पद्मनाथ शर्मा पौडेल, सल्लाहाकार देववहादुर श्रेष्ठ र सदस्य भुमिश्वर गौतमले श्रदाञ्जली पत्रसहित संस्थाको नियमानुसार अध्र्वदैहीक कर्मका लागि सदस्यको आधारमा रु. ३५ हजार रुपैया पौडेल परिवारलाई उपलव्ध गराएको थियो ।

सो क्रममा बोल्दै संस्थाका अध्यक्ष पौडेलले स्व. पौडेल संस्थाको जेष्ठ सदस्य रुपमा रहेकाले उहाँलाई गुमाउनु पर्दा सिवाईसी मर्माहित भएको र संस्थालाई अपुरणीय क्षती पुगेको बताए । साथै परिवारजनलाई स्व. पौडेलले गरेका कार्यहरुलाई अनुसरण गर्दै अगाडि वढ्न र धैर्य गर्नका लागि आग्रह समेत गरेका थिए ।

यसै क्रममा सिवाईसीले आजकै दिन संस्थाका सदस्य डिल्लीप्रसाद गौतम र जुना गौतमका छोरा बा.न.पा.–८ सिगना निवासी स्व. रामचन्द्र पौडेलको मिति २०७४ बैशाख १५ गतेका दिन भएको असमायिक एव्म दुखद निधनप्रती संस्थाका अध्यक्ष पौडेल नेतृत्वको टोलीले स्व. पौडेलको घरमै पुगरे शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply