बागलुङ (ताराखोला) २०७७ साउन ३२ । ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मासंग सहकर्मी खगेन्द्र विश्वकर्माले उनको प्रशासननिक अनुभव बारे जिज्ञासा राखेका छन् । गाउपालिकामा उनको अनुभव बारे संज्ञान लिएका छन् । सहकर्मी विश्वकर्मासंग कुरा गर्दै उनले विकासका पुर्वाधारहरु यहाँका जनप्रतिनिधिले पहिले देखिनै योजना बनाएका कामहरू गर्दै आएका छौ , मुख्यत औद्यौगिक ग्राम, बहुउद्देश्यीय सभाहल, प्रशासकीय भवन, अतिरिक्त वडा कार्यालय व्यवस्थापन , सडकको काम गरेको हौ । प्रशासनिक क्षेत्रमा कर्मचारीको अभावलाई सामान्यकरण गरियो ।
लोकसेवा आयोग खुले संगै दरबन्दी अनुसार कर्मचारी माग गरि पठाएको थियौ। अहिले सबै वडामा सचिव, ईन्जिनियर, पशु,कृषि, शिक्षा लगायतमा दरबन्दी तथा सशर्तको बजेटबाट करारमा कर्मचारी नियुक्ति गरि प्रशासकीय पक्ष फुलफिल गरिएको छ । ताराखोला गाउँपालिकामा तुलनात्मकरुपमा अस्याध्यै राम्रो काम भएको उल्लेख गर्दै जनप्रतिनिधि पनि भिजनका सान आएको र कर्मचारीहरु पनि जागरुक रहेको बताएका छन् ।
उनले भने, वर्तमानलाई हेर्दा कोरोनाको व्यवस्थापनमा हामी अगाडि छौ किनकि हाम्रो स्वास्थ शाखा , यहाको समुदाय विदेशमा रहेका दाजुभाइ सबैले आर्थिक, नैतिक , भौतिक सहयोग गरेको हुनाले भारतमा हरेका गाउपालिकाबासीलाई ठुलो संख्यामा उद्दार गरियो तेस्रो मुलुकबाट आउनेलाई पनि उद्दार गरिरहेका छौ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले ताराखोला गाउँपालिकालाई मुख्य माटो सुहाउँदो कृषि र पशुमा प्रमुख ध्यान पुर्याउन आवश्यक छ तसर्थ यसमा सशर्त साढे १ करोड बजेट छ । यसको लागि गाउपालिकाबासीले व्यावसायिक भिजनका साथ समुहमा आउनेलाई प्राथमिकता दिईनेछ । जसमा उहाहरुले २० प्रतिशत देखि ६०,७०,८० प्रतिशत सम्म अनुदान पाउने जानकारी दिए ।
अहिले २ करोड हाराहारी बजेट बेरुजु देखिएको सत्य हो । यसमा बेरुजु ३ किसिमका हुन्छन् पेस्की बेरुजु , नितिगत बेरुजु र असुल उपर बेरुजु , यसमा हाम्रो अहिलेको बेरुजु भनेको नितिगत बेरुजु हो जो गाउँ कार्यपालिकाले नीति नियम तयार गरेको हुन्छ । जसमा हाम्रो बेरुजु रकम आउनुमा १, शिक्षा तर्फ शिक्षकलाई तलव दिईएको छ जसमा ४० लाख बेरुजु देखिएको छ । २, प्रधानमन्त्री रोजगार कार्यक्रम जसमा सानो सानो खण्डमा काम गर्नुपर्नेमा हामीले ठुलो भोलुममा काम गरिएकोले १६ लाख बेरुजु देखिएको छ । ३, बजेट निर्माणमा सानो त्रुटि देखिएको छ कि त्यसमा गतबर्षको बजेटमा बाँकी रहेको बजेट पुन त्यहि बजेटमा हाल्नुपर्नेमा अरु शिर्षक हालिएकोले ६६ लाख बेरुजु देखाएको छ । हुनत जसले धेरै काम गर्छ उसको धेरै बेरुजु देखिने हो । हामीले तत्काल ३५ लाख बेरुजु फर्च्यौट गरिने छ । मलेप आउदा सम्म डेढ करोड हाराहारी बजेट फर्च्योट गरिने छ । यसमा नकारात्मक सोच्ने जरुरत नै छैन । कि हामीले सबै काम गरेका हौ ।
प्रमुख प्रशासकीय अधिकृत शर्माले प्रदेशबाट गाउपालिकामा आउने विकास निर्माणको काम गाउपालिकासंग त्यति समन्वय ाभएको प्रष्ट पारे । अन्तमा भुक्तानी लिने बेला सिफारिस लिन आउने भएकोले हामीले कोहि सिफारिस दिन्छौं कोहि दिदैनौ किनकि रिक्स हुन्छ । यस्ता प्रदेशको योजनाका कामहरु सुरुमै अक्तियारि आउदा साथ गाउँपालिकाले अनुगमन गरि सिफारिस दिनुहोस् भन्ने आएमा सजिलो हुन्थ्यो उनको भनाई थियो । प्रशासनिक रुपमा सबै टिम राम्रो छ । राम्रो काम गर्नेलाई प्रोत्साहान गर्न पुरस्कृत गरिएको छ । क्वाटरको व्यवस्था गरिएको छ लाग्छ कर्मचारी सबै सन्तुष्ट हुनुहुन्छ शर्माले थपे ।
ताराखोला गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माको यस्तो छ, डेढ बर्षे कार्य अनुभव !
२०७७ श्रावण ३२, आईतवार १३:५४
Footer Slider, Top News, अन्य समाचार, थप समाचार, विविध
Related Posts
२०७८ असार २७, आईतवार २१:०१
ताराखोलाको बाढीमा बेपत्ता भएका घुस्मेलीका कार्कीको खोजी जारी
२०७८ असार २३, बुधबार ०७:०५