Sorry, that menu does not exist.
 

प्रशंगवस : जब अति हुन्छ, तब जेपनि हुन्छ, मेयर सा’ब ! नगरबासीले खाने पानी चाखेर त हेर्नुस् !

बागलुङ २०७७ साउन ३१ । जब अति हुन्छ, तब जेपनि हुन्छ । त्यस्तै अहिले बागलुङ नगरबासीलाई भएको छ । महिनौ देखी धारामा सफा पिउन लायक पानी झरेको छैन । नगरबासी कराउदा कराउदा आजीत परेका छन् । कोहि अदालतको शरणमा पुगेका छन त कोहि जिल्ला प्रशासन कार्यालय । “भएन… यो भएन… बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चरम लापर्बाहीले एकातिर संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्दै गयो अर्कोतिर हजारौ नगरवासीले सफा स्वच्छ खानेपानी पएनन् खोई यसको खोजीनीति ?” भनेर सामाजिक अभियन्ताहरु कुर्लिरहेका छन् । मानवाधिकारीवादीहरुमात्र होईन कानून व्यवसायीहरु, सर्वसाधारण उपभोक्ताहरु छट्पटाई रहेका छन्, तर यिनै नगरवासीको भोटले पदासीन हुन पुगेका बागलुङ नगरपालिका नगरप्रमुख, उपप्रमुख र केहि वडाका अध्यक्ष लगायतका जन प्रतिनिधीहरु किन चूप ?

नगरवासीलाई स्वच्छ सफा पिउन योग्य पानीको व्यवस्था गर्नु हजूरहरुको दायित्व होईन ? नगरवासीहरुले, मेयर साबले हामीले खादै आएको धाराको पानी खाँदा हुनकि अर्कै धारको जान्न पाए….. भनिरहेका छन् । मेयर सा’ब, जब अति हुन्छ नि, तब जेपनि हुन्छ । ढीला भैसक्यो, जाग्नुस् आँखा खोल्नुस, तपाईका नगरवासीले कति धमिलो फोहोर पानी खाईपिई रहेछन् चाखेर त हेर्नुुस । उपभोक्ताहरु स्वच्छ सफा खानेपानीका लागी अदालत धाउदा तपाईहरुलाई हीनताबोध हुनपर्ने होईन ? हामीले स्वच्छ सफा पानी खान पाएनौँ भनेर सामाजिक अभियन्ता उपभोक्ताहरु जिल्ला प्रशासन कार्यालयमा कराउन जाँदा तपाईहरुलाई लाज लाग्नु पर्ने होईन ? सरम मान्नुस्, जिम्मेवारी वोध गर्नुस, नगरपिताको धर्म निर्वाह गर्नुस् ।

“बागलुङ बजारमा गुहे पानी खाएर होला सबै जनताको दिमाख पनि गुहे भएको … २ न वडाका जनप्रतीनिधी कता सुते ? जनतालाई एस्तै पानी खुयाएर राजनिती गर्ने हो ? बजारबासी जनतालाई आफ्नो स्वास्थको माया छ भने भोली नै नालायक खानेपानी सस्थामा चाबी लगाउ, सस्थाका पदाधिकारी र कार्यालय प्रमुखलाई कालो मोसो दलौ, जनताको स्वास्थमा चासो नराख्ने नगर पालिका र १,२,३ र ४ न वडामा समेत चाबी लगाउ , जय बागलुङ कालिका” सामाजिक सन्जाल फेसबुकमा नगरवासीहरुले अपलोड गरेका आक्रोश, सेयर गरेका तीता मीठा भावनाहरुलाई मनन गर्नुहोस् र अबिलम्ब समुचित कदम चालेर आम नगरवासीलाई शुद्ध पानीको जोहो गर्नुहोस् ।
शुद्ध पानीका लागी बैकल्पिक मुहानको खोजी गरी समस्या समाधानको लागी उपभोक्ताहरु माग गरिरहेका छन । कुला, खोल्सा र सडकका ड्रेनबाट बग्ने फोहोर पानी सिधै पानीटंकीमा खसाली मानव स्वास्थ्यमाथी खेलबाड गर्ने संस्थाका पदाधिकारीहरुमाथी किन कार्बाही हुन्न ? संस्थामा करोडौँ भ्रष्टाचार भएको छ, तर उपभोक्ताहरुका लागी शुद्ध सफा पानीको बैकल्पिक उपायको खोजी नगरी उपभोक्ताहरुसंग सिनाजोरी गर्दै हिँड्ने संस्थाका महिशाषुरहरु किन कानूनी कार्बाहीको दायरामा आउदैनन् ? सिक्किम, दार्जिलिङको खानेपानी वितरण प्रणाली अवलोकन गरेर बागलुङमा लागु गर्ने भन्दै तत्क्षेत्रको भ्रमण गर्नेहरुले संस्थाको रकम स्वाहा पारे । न अधिवेशन न बैठकको निर्णय जे जसो गर्न पनि उद्दत संस्थाका पदाधिकारीहरु कानून भन्दा कति माथि छन र अख्तियारको नजरले देख्दैन ?

मेयर साब, आँखाको पट्टि खोल्नुस्, अहंतालाई त्यागेर धरातलमा झर्नुस् र काकाकूल नगरवासीको दुख पीडामा आत्मसात गर्नुस् । बागलुङ नगरखानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका भ्रष्टहरुलाई कानूनी दायरामा ल्याएर नगरपिताको पगरीको ईज्जत राख्नुहोस् ।

खानेपानीको आपुर्तिलाई लिएर गएको डेलिगेशन र नगरखानेपानीका पदाधिकारीबीच चर्काचर्की !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

3 Comments