Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण : अस्पतालको बहिरंग सेवा बन्द !

रामप्रसाद घिमिरे/ सोम शर्मा, बागलुङ २०७७ साउन २० । धौलागिरी क्याम्पसको आईसोलेशन कक्षमा कार्यरत एक जना २५ वर्षिया महिला स्वास्थ्यकर्मीलाई आज आरटीपीसीआर (RT PCR) परीक्षण गर्दा कोभिड-१९ को संक्रमण देखिएको धौलागिरी अस्पतालले जनाएको छ ।

अस्पतालबाट आज जारी विज्ञप्तीमा संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीहरुको कोभिड-१९ परीक्षण गर्नु पर्ने भएकोले अर्को सूचना नभएसम्मका लागी हाललाई अस्पतालबाट प्रदान गरिदै आएको बहिरंग सेवा बन्द गरिएको जनाईएको छ ।

गत साउन १८ गते धौलागिरी अस्पतालको निर्माणाधीन सी ब्लक भबन निर्माण सम्बन्धि कामका लागि महोत्तरीबाट आएका १८ जना युावामध्ये २५ वर्षिय एक युवामा कोरोना परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछी उनलाई आईसोलेशनमा राखी उपचार भैरहेको छ भने अन्यलाई क्वारेन्टाईन गरिएको छ ।

धौलागिरी अस्पतालको निर्माणाधीन भवनका एक श्रमिकमा कोरोना संक्रमण पुष्टि !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

One Comment