रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २० । नेवार समुदायको साँस्कतिक पर्व गाईजात्राको अवसरमा समाजसेवी स्वर्गीय निर्देश राजभण्डारीको स्मृतिमा मानव सेवा आश्रमलाई खाध्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका पूर्व उपमेयर पद्मचन्द्र राजभण्डारीका जेष्ठ पुत्र स्व राजभण्डारीको संझनामा करिब ७ हजार बराबरको खाध्यान्न मानवसेवा आश्रमलाई हस्तान्तर गरिएको हो ।
कार्यक्रममा परिवारजनको तर्फबाट भाई राजेशचन्द्र राजभण्डारी, मित्र निर्मल श्रेष्ठ लगायतले समाजको लागि महत्त्वपूर्ण भुमिका खेलेका सामाजिक अभियन्ता राजभण्डारीको अल्प आयुमै निधन हुदा समाजले ठूलो क्षति बेहोर्नु परेको धारणा ब्यक्त गरेका थिए ।
आश्रममा अहिले ४० जना अपांग जेष्ठ नागरिक महिला बालबालिकाले आश्रय लिएर बसिरहेका छन् ।