रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन २० । नेपाल अडिटर्स एसोसिएसन जिल्ला शाखा बागलुङले आफ्नो १५ औँ स्थापना दिबसको अवसरमा मानव सेवा आश्रम बागलुङलाई खाध्यान्न सहयोग गरेको छ ।
जिल्लामा लेखापरीक्षणको क्षेत्रमा आबद्ध व्याक्तिहरुको साझा संस्थाको रुपमा १५ बर्ष पहिले स्थापित संस्थाले लेखापरीक्षणको क्षेत्रमा व्यावसायिक योगदान दिईरहेको र यो यात्राको १५ औं वर्ष पुरा गरेको अवसरमा सहयोगापेक्ष मानवलाई संरक्षण गर्दै आएको आश्रमलाई सहयोग गर्न पाउँदा गौरवको महसुस गरेको संस्थाका अध्यक्ष रमाकान्त पौडेलले बताए ।
संस्थाले स्थापना दिवस पारेर दाल, चामल, नुन, तेल, सोयाबिन, लगायत ७ हजार बराबरको खधान्न सहयोग गरेको संस्थाका प्रदेश कमिटि सदस्य महादेव सापकोटाले बताए । सहयोग ग्रहण गर्दै आश्रमकी सञ्चालिका सुमिरा लामाले बेसाहारा मानवहरुको सेवा हातेमालो गर्दै सहयोग गर्नु भएकोमा संस्था प्रति सम्पूर्ण सहयोगी मनहरुलाई धन्यबाद ज्ञापन गरेकी छन् ।