Sorry, that menu does not exist.
 

जनै पूर्णिमाका अवसरमा ढोरबराह मन्दिरमा पूजाअर्चना : ३ सय भेँडाको साँढ बलि चढाईयो !

अस्मिता कायत, ढोरपाटन २०७७ साउन १९ । ढोरपाटन स्थित पवित्र उत्तरगंगा ढोरबराह मन्दिरमा श्रद्धालुहरुले पूजा अर्चना गरेका छन् । कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरी यस वर्ष मन्दिरमा औपचारिक रुपमा कुनै कार्यक्रमहरु (मेला)को आयोजना नगरिएको भएपनि पूजा अर्चनाका लागी झण्डै सात सयको हाराहारीमा श्रद्धालुहरु मन्दिरमा पुगेको श्रद्धालु ऋतुवर्ण पौडेलले जानकारी दिए । कोरोना संक्रमणको सन्त्रास र परम्परा देखी आयोजना गरिदै आएको साँस्कृतिक मेला, छेलो प्रतियोगिता, भलिबल लगायतका खेलकूद कार्यक्रमहरु नहुने आयोजकले पूर्व जानकारी दिएकाले मानिसहरु भीड कम भएको उनको भनाई थियो ।

मन्दिर नजिकैबाट बग्ने पवित्र उत्तरगंगा नदीमा स्नान गरी ढोरबराहको पूजाअर्चना गर्ने गरिन्छ । यस वर्षको जनै पूर्णिमामा ढोरबराहमा ३ सय बढी भेँडाका साढको बलि चढाईएको स्थानीयले ईबागलुङलाई बताए । श्रद्धालुहरुले भेँडाको साँढ नपाएकाले बलि कम चढेको उनिहरुको भनाई थियो ।

ढोर बराह मन्दिरमा सुरक्षाका लागी गएका प्रहरीहरुले भौतिकदुरी कायम गर्ने प्रयास गरेपनि त्यो सम्भव नभएको श्रद्धालुहरुले बताए । सरकारव्दारा जारी गरिएको न्यूनतम स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना भएको देखिएन एक श्रद्धालुले भने मन्दिरमा भेला भएका प्राय कसैले मास्क लगाएका थिएनन् । तर मन्दिरमा पूजा अर्चना र बलि शान्ति एवं सौहाद्र वातावरणमा सम्पन्न भएको आयोजकले बताएका छन् ।

ढोरबराह मन्दिरमा जनैपूर्णिमा र चण्डिपूर्णिमामा भगवान बराहको पूजा अर्चनाका साथै साँढको बलि दिईने गरिन्छ । श्रद्धालुहरुले ढोरबराह मन्दिरमा पूजा अर्चना र भाकल गरे मनले चिताएको पुग्छ भन्ने विश्वासका साथ ढोरबराह मन्दिरमा जनैपूर्णिमा र चण्डि पूर्णिमामा भेँडाको साढ बलि दिईने प्रचलन रहि आएको बुढापाकाहरु बताउछन् ।

आवरण तस्वीर : ऋतुवर्ण पौडेल, बुर्तिवाङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !