Sorry, that menu does not exist.
 

आज जनै पूर्णिमा, रक्षाबन्धन : येन बद्धो वलिः राजा दानवेन्द्रो महावल ….

बागलुङ २०७७ साउन १९ । आज जनै पूर्णिमा हिन्दु (तागाधारी)हरुले नयाँ जनै लगाउने गर्छन् । हातमा पवित्र रक्षाबन्धन बाँध्ने गर्छन् । रक्षाबन्धन (रक्षासूत्र) बाँध्नाले सबै प्रकारबाट सुरक्षित भईने मान्यता रहेको छ । ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । श्रावण शुक्ल पूर्णिमालाई हिन्दुहरुले एक पवित्र दिन, धार्मिक एवं साँस्कृतिक पर्वको रुपमा मनाउदै आएका छन् । यस दिनलाई जनैपूर्णिमा, रक्षा वन्धन, ऋषितर्पणी आदि नामले पुकारिन्छ ।

ब्राह्मणहरूले यजमानहरूलाई रक्षाबन्धन बाँधी रहँदा, ‘
येन बद्धो वलिः राजा दानवेन्द्रो महावलः ।
तेन त्वां प्रतिबध्नामि रक्ष मा चल मा चल’ ।।

भन्ने शुभ मन्त्र उच्चारण गर्ने गर्छन् । जस्को अर्थ हुन्छ, जुन रक्षासूत्रले अत्यन्तवलशाली राजा वलि बाँधिए पछि सारा देवगण सुरक्षित भए,म त्यही रक्षासूत्रले बाँधी तिमीलाई सुरक्षित गर्दछु ।’

जनैपूर्णिमाको पवित्र दिनमा बागलुङ जिल्लाको ढोरपाटन स्थित बराह मन्दिरमा यस क्षत्रकै बिशाल मेला लाग्छ । कोरोना भाईरसको संक्रमणका कारण मेला नहुने आयोजनले जनाएपनि श्रद्धालुहरु बिहानै देखी ढोरबराहको पूजाका लागी उत्तरगंगा पुगेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !