Sorry, that menu does not exist.
 

साउनको अन्तिम साता सम्ममा बुर्तिवाङमा केन्द्रिय प्रशारण लाईनको बिद्युत बाल्ने लक्ष छ : केन्द्र प्रमुख गोशाली

सोम शर्मा, बुर्तिवाङ (बागलुङ) २०७७ साउन १२ । नेपाल बिध्युत प्राधिकरण बागलुङ बितरण शाखाका प्रमुख शिव नारायण गोशालीले साउनको अन्तिम सातासम्म बुर्तिबाङमा केन्द्रिय प्रशारणको बिद्युत बालिसक्ने बताएका छन् । चैत मसान्तसम्म बिजुली लग्ने हाम्रो उद्देश्य थियो तर लकडाउनले गर्दा काम गर्न नसकेर अहिले ढिला भएको प्रमुख गोशालीले ईबागलृङलाई बताए ।

“कुनै कारणबश प्राकृतिक घटना भएनछ भने मेरो यहि मसान्तसम्म बुर्तिबाङमा केन्द्रिय प्रशारणको लाइन बाल्ने योजना छ”- उनले भने, ‘११ केभिको उक्त प्रशारण लालाई अहिले रिघासम्म पुगेको छ, हामीले बुर्तिबाङसम्म पोल गाडेर तार टांगेर ट्रान्सफर्मर समेत जोडिसकेका छौ अब करेन्ट टेस्ट गर्न मात्र बांकी छ। उक्त लालाईलाइ मध्यपहाडी लोकमार्ग हुंदै बुर्तिबाङ पुर्याइएको छ। केन्द्रिय प्रशारण लाइन पुगेपछी उक्त स्थानका जनतालाइ स्थानिय हाइड्रोपावरको मात्र भर नपर्नुपर्ने र यदि हाइड्रोपावरको उत्पादनले नधानेमा केन्द्रिय लाइनद्वारा घर घरमा सेवा उपभोग गर्न पाउनेछन।”

गत असार ६ गतेको अविरल वर्षाका कारण १८ र २२ किलो वाट क्षमताका दुई वटा बिद्युत आयोजनाहरुमा क्षेती पुगेपछी आधा बुर्तिवाङ बजार अहिले अन्धकार बनेकोछ । आरसीजी लघु जल विद्युत (ए र बी) आयोजनाको ड्याम भत्किएकोले विद्युत वितरणमा अझै केहि दिन लाग्ने स्थानीयको अनुमान छ । कुटानी पिसानी गर्ने मिलहरुपनि बन्द छन् । अन्धारमय जीवन बिताउन बाध्य बुर्तिवाङवासीहरु केन्द्रिय विद्युत प्रशारण लाईन जतिसक्यो चाँडो सन्चालनमा ल्याउन प्राधिकरण समक्ष माग गरिरहेका छन् ।

सहकर्मी सोम शर्माले केन्द्र प्रमुख गोशालीसंग गरेको कुराकानी

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

6 Comments