Sorry, that menu does not exist.
 

धौलागिरी अस्पतालमा साउन १६ गते देखी लिफ्ट सन्चालनमा ल्याईने !

सोम शर्मा, बागलुङ २०७७ साउन १२ । धौलागिरी अन्चल अस्पतालमा लिफ्ट जडान कार्य सम्पन्न भएको छ। बिरामीलार्इ असपतालमा तलमाथी गर्न सहज होस भनेर उक्त लिफ्ट जडान गरिएको अस्पतालका निमित्त सुपरिटेण्डेन्ट डा शैलेन्द्र बि पोखरेलले बताए । प्रदेश सरकारबाट प्राप्त रु ४१ लाख २४ हजारको बजेटान लिफ्ट निर्माण गरिएको हो ।

असार मसान्तसम्मै सक्ने भन्ने योजना हो लकडाउनको कारणले केहि ढिला हुन गएको अस्तपाल ब्यबस्थापन समितिका अध्यक्ष केबि रानामगरले ईबागलुङलाई बताए। भवनमा पहिले लिफ्टको लागि ठाउँ बनाएपनी लिफ्टको लागि स्टिमेट नगर्दा यो बन्न नसकेको उनले बताए । यसको आबश्यकता देखेर निर्माणको लागि पहल गरेका हौं, अझै निर्माणाधीन रहेको सी ब्लकमा पनि उस्तै समस्या छ । ठाउँ त छुट्याएको छ तर स्टिमेट छैन । यसमा इन्जिनियरले बेवास्ता गरेको अध्यक्ष रानाको भनाइ थियो । बि ब्लकमा प्रसुती गृह, अप्रेशन थिएटर समेत माथिल्लो तलामा रहेकोले लिफ्टले बिरामीलाइ धेरै नै सहज तुल्याउने अध्यक्ष रानाको बिश्वास व्यक्त गरे।

करिब ६ महिनामा सम्पन्न भएको उक्त लिफ्ट बिधिवत रुपमा यहि साउन १६ गते देखी सन्चालनमा ल्याउने अस्पतालले बताएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

4 Comments