Sorry, that menu does not exist.
 

नगर खानेपानीको पाईप चुहिँदा बोक्सेमा पहिरो जान थालेपछि घर जोखिममा !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ साउन ४ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले बागलुङ नगरपालिका भित्रका उपभोक्तालाई बितरण गर्ने खानेपानी योजनाको कारण बागलुङ नगरपालिका वडा नम्बर ३ बोक्सेमा पहिरो जान थालेपछि घर जोखिममा परेको छ । दिनहुँजसो पानी परेपछि घरमाथिको खेतबाट पहिरो झर्न थालेको दुई बर्ष बित्दा समेत खानेपानी संस्थाले ग्यबिङ जाली नभरेपछि स्थानीयबासी पहिरोको कारण ज्यान जोखिममा पर्ने डरले छिमेकी घरमा बस्ने गरेका छन् ।

पानी परेपछी पहिरो आउने डरले छिमेकीको घरमा बास बस्न जाने गरेको बताए । बागलुङ नगरपालिकाका ४० हजार उपभोक्ताको लागि ल्याइएको खानेपानीको पाइप बोक्सेका स्थानीय सीता गौतमको घर माथिको खेत बाट पाइप ल्याउदा पटकपटक फुटेर पानी बग्दा आफ्नो भएको खेतमा पहिरो जादा आफुहरु विस्तापित भएकोले स्थानीय प्रशासनमा निवेदन दिदा समेत समस्याको समाधान गरिएको छैन । खानेपानी उपभोक्ता संस्थाले केही दिनअघि पहिरो रोकथामको लागि जाली लगेर गौतमको घरमा राख्ने काम गरेपनि काम गर्ने मजदुर नभएको भन्दै काम नगरीकन बसेको पीडित सीता गौतमले भाबुक हुँदै पीडा सुनाईन् । खानेपानीले ल्याएको पाइपको कारणले घर जतिसुकै बेला पहिरोको चपेटामा परेर धनजनको क्षति हुने अबस्थामा पुग्दा समेत सरोकारवाला निकाय संवेदनशील बन्न सकेको छैन । केही दीनमा ग्याविन जाली भरेर पहिरोको जोखिम कम गर्ने बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरी प्रसाद श्रेष्ठले बताए ।

केही दिनअघि खानेपानीको फुटेको पाइप जडान गर्न नदिएको भन्दै संस्थाले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी लगेर आनन्द गौतमलाइ हतकडी लगाउने काम भएको थियो । पछि स्थानीय बासी जम्मा भएर बिरोध भएपछि प्रहरी फर्किएका थिए । अबिरल बर्षाको कारण बागलुङ नगरपालिका भित्र खानेपानी बितरण गर्न ल्याइएको पाइप पहिरोले दर्जनौं पटक बगाएको कारण एक महिनादेखि नगरबासिले खानेपानीको अभाव झल्दै आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !