जनसेवा युवा क्लबव्दारा निसी देखि ढोरपाटन जाने बाटोमा पुल निर्माण !

खेमराज अर्याल, कुम्विर विश्वकर्मा , बुर्तिबाङ २०७३ पुस २५ । बागलुङ जिल्लाको निसी गाँउ विकास समितिमा रहेको जनसेवा युवा क्लवको सक्रियतामा निसी १ हार्जबाङमा पुल निर्माण गरिएको छ । निसी देखि बोबाङको ढोरपाटन जाने बाटोमा पक्की पुल निर्माण गरीएको क्लवले जनाएको छ । क्लबले प्रबासमा रहेका युबाहरुबाट एक लाख पचास हजार रुपैया आर्थिक सङ्कलन गरि पुल निर्माण गरेको हो ।

उक्त ठाँउमा पुल नहुदा स्थानियलाइ ढोरपाटन आवत जावत गर्न घरपालुवा जनावरहरुलाइ वारीपारी गराउनका लागी समस्या भएको थियो । पुल निर्माण भएसँगै ढोरपाटन आवत जावत गर्ने स्थानिवासी एवं ढोरपाटन जाने आन्तरीक पर्यटकहरुलाइ यात्रामा सहज हुने अपेक्षा गरिएको छ ।
यस्तै क्लवकै सक्रियतामा निसि देखि ढोरपाटन र बोबाङ जाने गोरेटो बाटो समेत मर्मत गरिएको क्लवका अध्यक्ष तारा बहादुर विश्वकर्माले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *