रनिश रानामगर, बागलुङ २०७७ साउन १ । काठेखोला गाउँपालिका वडा नम्बर १ पालाले आजबाट आफ्नै भवन बाट सेवा प्रवाह शुरु गरेको छ।
संघिय संरचना अनुसार स्थानीय तह भए पश्चात तत्कालीन पालाकोट गाविसको वडा नम्बर १,२,३,४, र ५ वडा र सिगाना को वडा नम्बर ६ चनौटे मिली काठेखोला गाउँपालिकाको वडा नम्बर १ को भौगोलिक सिमाना कायम भएको थियो । स्थानीय सरकार गठन भएको तिन वर्ष सम्म यस बडाले अस्थायी कार्यलय भाडाको रुपमा लिई दोविल्ला तराजी डाँडा बाट आफ्नो सेवा प्रवाह गर्दै आएको थियो। तर अहिले आएर वडाकै आफ्नो जग्गा मा भवन निर्माण गरि सोही स्थानवाट वडाको सेवा प्रवाह शुरु गरेको हो।वडा कार्यालय भवन निर्माण को लागि स्थानीय समाजसेवी चन्द्र वहादुर थापाले एक रोपनी चार आना जग्गा निशुल्क उपलब्ध गराएता पनि केन्द्रको कुरा नमिल्दा भवन निर्माणमा ढिलाई भएको थियो।
पछि वडाले पुर्व गाविस अध्यक्ष हरि प्रसाद शेरचनको संयोजकत्वमा पाँच सदस्यीय केन्द्र निर्धारण सुझाब समिति गठन गरी सोको छलफल अगाडि बढाएको थियो। उक्त समितिले लामो समयको छलफल पश्चात वडाको आफ्नो जग्गामा निर्माण भएको भवन बाट वडाको कार्यलय सन्चालन गर्ने सहमति भए अनुसार सन्चालन उक्त भवनबाट कार्यालय संचालन गरिएको वडा अध्यक्ष खडक बहादुर थापाले इबागलुङलाई बताए। हामीले कार्यलय सन्चालन गर्ने बिषयमा सम्पुर्ण स्थानीय पार्टीहरुको प्रतिनिधि मुलक सहभागिता तथा निर्णय गरेका छौ।यस वडाको कार्यलय सन्चालनका बारेमा निर्णायक भुमिका खेल्ने समितिका संयोजक हरि शेरचन, टिका थापा भिम बहादुर खड्का गोरे विक र गणेश नेपालीलाई विशेष धन्यवाद अध्यक्ष थापाले दिए। हाल काठेखोला गाउँपालिकाका वडा नं ४,५र६ भाडाको घरमा संचालनमा रहेका छन्।
2 Comments