Sorry, that menu does not exist.
 

राहत सामाग्री खोलामा बगाउने बिरुद्ध पक्राउ पुर्जी जारी : एकजना वडा सदस्य सहित ६ जना अभियुक्त भागाभाग !

रामप्रसाद घिमिरे, बागलुङ २०७७ असार १९ । ढोरपाटन नगरपालिका ४ खुंगामा राहत वितरणका लागी लगिएको करीब रु एक लाख बराबरको खाद्यान्न सामाग्री नियन्त्रणमा लिएर खोलामा बगाउनेहरु विरुद्ध जिल्ला अदालत बागलुङले पक्राउ आदेश जारी गरेको छ । ढोरपाटन नगरपालिका-४, खुङ्गा बस्ने ढोरपाटन नगरपालिका-४ वडा सदस्य बर्ष ५२ को तिल बहादुर फगामी बर्ष ४३ को गन बहादुर फगामी बर्ष ४६ को हेमलाल फगामी बर्ष ३५ को हर्क बहादुर बुढाथोकी, बर्ष २८ को उमेश बुढाथोकी बर्ष ३२ को पञ्चे बिक सहित ६ जना बिरुद्ध आपराधिक उपद्रब मुद्दामा अभियुक्तहरुलाई अनुसन्धानका लागी पक्राउ गर्न जिल्ला अदालत बागलुङबाट बिहीबार पक्राउ आदेश जारी भएको हो ।

अदालतको आदेशानुसार अभियुक्तहरुलाई पक्राउ गर्न बुर्तिवाङबाट प्रहरीटोली गएको थाहापाएपछी राहत सामाग्री नियन्त्रणमा लिएर खोलामा फ्याँक्न ६ जना अभियुक्तहरु भागेको स्थानीयले बताएका छन् ।
यो लिंकपनि पढौँ
राहत सामाग्री नियन्त्रणमा लिएर खोलामा बगाउनेहरु बिरुद्ध जिल्ला प्रहरीमा उजुरी !

गत जेठ १३ गते बुर्तिवाङ बजारबाट राहत सामाग्री खाद्यान्न नून तेल दाल आदि लिएर गएको लु २ त ४६३७ को ट्याक्टरलाई सोहि वडाका अध्यक्षको निर्देशनमा नियन्त्रणमा लिएर चामलका बोराहरु च्यात्चुत पार्दै खोलामा बगाएको सोहि ट्याक्टरमा सवार दिलबहादुर शेरबुजाले प्रहरी समक्ष जाहेरी दिएका थिए । बुर्तिवाङबाट राहत सामाग्री लिएर खुंगा तिर ट्याक्टर गएको थाहा पाएपछ वडाध्यक्षले बुर्तिवाङबाटै फोन गरेर राहत सामाग्री फ्याँक्न लगाएको चर्चा त्यस क्षत्रमा छ ।

यो लिंकपनि पढौँ
बिदेशमा रहेका युवाहरुले पठाएको रकमबाट खरीद गरिएको एक लाखको राहत सामाग्री खोलामा !

बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कै निर्देशनमा गाउँका गरिब तथा बिपन्न बर्गका लागि बाड्न लगिदै गरेको करिब १ लाख बराबरको राहत सामाग्री जबर्जस्ती खोसेर खोलामा बगाएको खवर प्रकाशमा आएपछी जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी दर्ता भइ कानुनी प्रक्रिया अगाडि बढेको जिल्ला प्रहरी कार्यलय बागलुङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । बिश्वब्यापी रूपमा फैलिएको कोरोना भाइरस९कोभिड(१९० लाई लक्षित गरि सरकारले बन्दाबन्दी गरेपछि सामान्य रोजगारीबाट समेत बन्चित भएका ग्रामिण क्षेत्रका ब्यक्तिहरूलाई आफुहरुले खाइ नखाई गाँस काटेर पठाएको सहयोग बाट खरिद गरिएको खाध्यान्न सामाग्री जबर्जस्ती खोलामा फाल्ने ब्यक्तिलाई पक्राउ पुर्जी जारी गरि खोज्न इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई निर्देशन दिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । रोजगारीका लागी बिदेशमा रहेका युवाहरुले ढोरपाटन नगरपालिका ४ खुँगाका जनतालाई राहत वितरणका लागी पठाएको करीब एक लाख रुपयाँ बराबरको खाद्यान्न सामाग्री उत्तिसिन खोला घाटमा बगाईएको घटनाले जिल्लामा सनसनि फैलाएको छ । लु २ त ४६३७ नम्बरको ट्याक्टर बाट ढोरपाटन नगरपालिका ४ खुँगा कुतखोला देखी फलामखानी सम्मका ३३ घर परिवारका लागी राहत वितरण गर्न लैजादै गर्दा वडा अध्यक्षको निर्देशनमा केही व्यक्तिहरुले नियन्त्रणमा लिएर ट्याक्टर चालक र ट्याक्टरमा सवार पुर्व(गाबिस अध्यक्ष्यलाई कुटपिट गरि सम्पुर्ण राहत सामाग्री खोलामा बगाईदिएको आरोप पीडित पक्षको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

7 Comments