मन्दिप निउरे ताराखोला २०७७ असार ११ । ताराखोला गाँउपालिकाव्दारा ७ औं गाँउसभामा आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक भएको छ । सभामा गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुन रोकाले कुल ३२ करोड १५ लाख ५४ हजार ९ सय ६० रुपैया बराबरको बजेट सार्बजनिक गरेकी हुन् ।
गाउँपालिकाले सशर्त अनुदानमा १३ करोड ६१ लाख प्रशासनिक खर्च ४ करोड ५३ लाख ५० हजार तथा समपुरक कोष तथा बिशेष कोष तर्फ ३३ लाख बजेट रहेको सार्बजनिक गरिएको हो गाउँपालिकाले आर्थिक बिकासमा कृषि तर्फ ८४ लाख ५० हजार, पशु तर्फ ४८ लाख ८५ हजार पर्यटन तर्फ १ करोड १७ लाख र उद्योग तर्फ ५५ लाख गरि ३ करोड ५ लाख ३५ हजार बिनियोजन गरिएको उपाध्यक्ष पुन रोकाले बताए । त्यस्तै सामाजिक बिकास अन्तर गत शिक्षा तर्फ १ करोड २४ लाख २० हजार, स्वास्थ्य तर्फ ४७ लाख ८६ हजार, खानेपानि तथा सरसफाई तर्फ १८ लाख १४ हजार ९ सय ६०, सस्कृति प्रर्वद्धन तर्फ १५ लाख, लैङ्गीक समानताको लागी ५८ लाख ५० हजार गरि कुल २ करोड ५० लाख २० हजार ९ सय ६० रुपैया बिनियोजन भएको छ ।
त्यस्तै पुर्बाधार बिकास तर्फ सडक निर्माणमा ४ करोड ६८ लाख ४९ हजार, सिंचाईको लागी ४ लाख, भवन निर्माणको लागी १ करोड ५३ लाख उर्जा तर्फ ५ लाख र सामुदायिक रेडियो गलकोट एफएमको क्षेत्र बिस्तारको लागी ८ लाख गरि ६ करोड ३८ लाख ४९ हजार बजेट बिनियोजन भएको छ । त्यस्तै उपाध्यक्ष रोकाले बन बाताबरण तर्फ २४ लाख बजेट बिनीयोजन भएको घोषणा गर्नुभयो । त्यस्तै सुसासन तथा सस्थागत बिकास तर्फ मानव संसाधन बिकासमा ५ लाख र सस्थागत क्षमता बिकासमा १ करोड ४५ लाख गरि १ करोड ५० लाख बजेट बिनियोजन भएको हो । चालु आर्थिक वर्षमा सशर्त अनुदान सहित चालु खर्च तर्फ रु १३ करोड ७५ लाख, पुजिगत तर्फ ९ करोड ९३ लाख ३२ हजार र वित्तिय व्यवस्था २ करोड १ लाख ९९ हजार ८ सय विनियोजन भई कुल २५ करोड ७० लाख ३१ हजार ८ सय वजेट कार्यान्वयनमा ल्याईएको छ । यस आर्थिक वर्षको अन्त सम्ममा सशर्त अनुदा वाहेक चालु र पँुजीगत तर्फ विनियोजित रकम मध्ये २४ करोड २० लाख ८१ हजार ८ सय खचृ भई रु १ करोड ४९ लाख ५० हजार मौज्दात रहने अनुमान गरिएको छ । आयोजनाहरुको छनौट र कार्यान्वयनको प्रकृयामा जनसहभागितालाई प्रोत्साहन गरिएको भएपनि उपभोक्ता समितिले कार्य सम्पन्न गरि भुक्तानि लिन आउने कारण वित्तिय प्रगति अपेक्षित रुपमा नदेखिएको कुरा अवगत गराईएको थियो । सातौं गाँउ सभामा असार ७ गते प्रस्तुत नीति तथा कार्यक्रम सर्बसहमतीले पारित गरेको छ ।
सातौं गाउँसभामालाई सम्बोधन गदैं जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले गाउँपालिकाको बजेट तथा कार्यक्रम गरिबी निवारणलाई केन्द्रीत रहेको बताए । उनले ताराखोलामा रोजगार श्रृजना गर्न निति कार्यक्रम प्राथमिकतामा रहेको समेत बताए। उनले जिल्लाकै उत्कृष्ट पालिका बनाउन सबै सभाका सदस्य तथा नागरिकको सहकार्यका आवश्यकता रहेको बताउदै शुभकामना समेत दिए । उनले सुखी ताराखोलाको सपना पुरा गर्नुपर्नेमा जोड दिए ।
गाँउसभामा गाँउपालिकाको मध्याधि खर्च संरचना समेत प्रस्तुत गरिएको थियो । गाँउपालिकाका आर्थिक बिकास समिति सयोजक याम बहादुर श्रीसले आगामी ३ बर्षको खर्च संरचना सभामा पेस गरेका थिए । सभा गाँउपालिकाका अध्यक्ष प्रकाश घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो
One Comment