साहारा दिन्छु भेन्नेलेनै तारा देखाउछन
बल्छिमा फसाउनेलेनै चारा देखाउछन्
यो पापी पेट स्वार्थ बिना कस्ले भरिदिन्छ
आफ्नो स्वार्थ पुरा गर्न आहारा देखाउछन !
***
न त मैले तिमी सँग मनका कुरा बिसाउन नै सके
न त तिम्रो हासोमा मेरो खुशी मिसाउन नै सके
तिम्रो शब्दको प्रहारले मन नबिझाएको कहाँ हो र
न त तिमी जस्तै बिना कारण रिसाउन नै सके !
***
आजभोली तिमी मलाई खै किन खास लाग्छ
म धर्तिमा छु अनि तिमी आकास लाग्छ
न आकासलाई छुन सक्छु न त रुन सक्छु
माया प्रेमका यि सब कुरा बकवास लाग्छ !
***
झलक काउचा
बागलुङ
हाल दक्षिण कोरिया ।