पुस २७ गते सार्वजनिक विदाको माग गर्दै भोलि उपत्यका बन्दको आव्हान !

काठमाडौ २०७३ पुस २५ । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सार्वजनिक विदा दिन सरकारसंग माग गर्दै शाही युवा शक्ति नेपालले भोलि पुस २६ गते उपत्यका वन्दको आव्हान गरेको छ ।

सो संस्थाका अध्यक्ष पशुपति खड्काले रिपोर्टर्स क्लवमा पत्रकारहरु संग कुरागर्दै विदेशी राष्ट्रपति आउदा र विेदेशी पर्वमा विदा दिने यो दलाल सरकारले पुस २७ गते सार्वजनिक विदा नदिएर राष्ट्र निर्माता पृथ्वीनारायण शाह र आम नेपाली नागरिकको अपमान गरेको हुँदा बन्दसहितको सशक्त आन्दोलन गर्नुपरेको बताए। उनले अहिलेको समस्याको जड गणतन्त्र भएकोले यो प्रणाली खारेज गरेरै छाड्ने दावी पनि गरे ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *