पूर्णभद्र निउरे, गल्कोट २०७४ बैशाख १८ । माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन ताराखोला गाउपालिकाको प्रथम सम्मेलन नर बहादुर घर्तीको अध्यक्षतामा ११ सदस्यीय कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ।
समितिको उपाध्यक्षमा अम्मर बहादुर छन्त्याल सचिवमा पूर्ण भद्र निउरे, कोषाध्यक्षमा प्रेमकली खत्री र सहसचिवमा सूर्य बहादुर घर्ती मगर रहेका छन भने सदस्यहरुमा रबिन घर्ती , कमल घर्ती , दल बहादुर घर्ती , झम बहादुर पुन , एलिशा सापकोटा , उमेश कुमार बि क चयन भएका छन् ।
सम्मेलनले थम प्रसाद रोकाको संयोजकत्वमा पोक बहादुर घर्ती, इन्द्रबहादुर रोका, लोक बहादुर क्षेत्री , कप बहादुर घर्ती रहेको ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधि तथा वाइसीएल केन्द्रिय सदस्य नरेश के सीले नेपालको शैक्षिक इतिहासमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले खेल्ने भुमिका उल्लेखनीय रहेको भन्दै शैक्षिक बिकृती बिसङ्गतिका विरुद्ध र शिक्षकको पेशागत हक हितका लागी सबै शिक्षक एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आबद्ध हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका सदस्य नर बहादुर घर्ती, जिल्ला समितिका उपाध्यक्ष गणेश बहादुर घर्ती , अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दिवस खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम भेला आयोजक समितीका अध्यक्ष पोक बहादुर घर्ती को अध्यक्षता, जिल्ला सदस्य थम प्रसाद रोकाको स्वागत र पूर्ण भद्र निउरेको संचालन सम्पन्न भएको थियो ।