Sorry, that menu does not exist.
 

ढोरपाटन-४ धाईवाङमा गोरु काट्ने ९ जना प्रकाउ !

छविलाल पाण्डे, बुर्तिवाङ २०७७ असार ४ । गोरु काट्दै गरेको अवस्थामा बागलुङको ढोरपाटन नगरपालिका ४ धाईबाङबाट प्रहरीले ९ जनालाई प्रकाउ गरेको छ ।

बुधबार साँझ ६ बजेको समयमा जँगलको विचमा गोरु काट्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारीको कमान्डमा खटिएको प्रहरी टोलीले स्थानिय ९ जनालाई प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

प्रकाउ पर्नेमा ढोरपाटन नगरपालिका ४ का झकबहादुर कामी, वीरेन्द्र सिर्पाली , बिष्णु रसाईली, कोपिल सिर्पाली, सोम बहादुर कामी, लाल बहादुर पुन, रोहन बिक, कुल बहादुर कामी र थम बहादुर गोतामे रहेका छन् ।

उनिहरुलाई आवश्यक अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ झिकाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेमबहादुर केसीले बताए ।
गाई वा गोरु मार्न वा कुट्न नपाईने मुलुकी अपराध सँहितामा उल्लेख छ । मारेको केशमा पशुपँक्षी सम्बन्धि कसुर दफा २८९ अन्र्तगत ३ बर्ष सम्मको कैद सजाय हुने व्यवस्था छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

28 Comments