रामप्रसाद घिमिरे, बागलुङ २०७७ जेठ २९ । बागलुङ जिल्लामा रहेका क्वारेन्टाईन र आईसोलेसन सेन्टरहरुको मापदण्ड र सुरक्षालाई लिएर प्रश्न उठ्ने गरेको छ । जिल्लाका विभिन्न पालिकाहरुमा रहेका क्वारेन्टाईनहरु र सदरमुकाममा रहेका आईसोलेशन सेन्टर (कक्ष)मा बारम्बार सुरक्षामा चूक भएका घटनाहरु सार्वजनिक भएका छन् ।
धौलागिरी अस्पतालको आईसोलेशन कक्षमा उपचारत रहेकी पहिलो संक्रमित युवतीले आईसोलेशन कक्षबाटै राजधानीको एक टीभी च्यानलसंग प्रत्यक्ष कुराकानी गरी अस्पतालका बारेमा बोलेका अपशांगिक कुराहरुले निकै चर्चा पायो । उनलाई यो सुविधा कसरी प्राँप्त भयो अहिलेसम्म अनुत्तरित नै छ । गत जेठ २१ गते मध्यराति बुर्तिवाङ स्थित उत्तरगंगा माध्यमिक विद्यालय क्वारेन्टाईनमा एकजना सुरक्षाकर्मी र क्वारेन्टाईनमा बसेकी युवतीबीच घटेको शर्मनाक घटनाले त तहल्कै मच्चियो ।
र, हिँजो धौलाग्रिी बहुमुखी क्याम्पसको आईसोलशन कक्षमा रहेका एक संंक्रमितले क्याम्पसकै भवनमा निर्माण काम गर्ने एक जना कामदारलाई चुरोट किन्न पैसा (नोेट) दिएर पठाएको घटनाले आईसोलेशन कक्षबाटै कोराना संक्रमण फैलिने सन्त्रास बढेको टिप्पणी हुन थालेको छ ।
संक्रमितले निज कामदारलाई चुरोट किनेर ल्याईदिन कर गरेपछी कामदारले पैसा समातेको देखेपछी प्रत्यक्षदर्शीहरुले यसो नगर्न भनेर कामदारलाई सम्झाएपछी उनले पैसा फर्काएका थिए र उनलाई साबुन पानी हात धुन लगाईएको बताईएको छ ।
धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा रामप्रसाद उपाध्ययका अनुसार निज कामदारले मदिरा सेवन गरेको अवस्थामा चुरोट किन्न नोट समातेको बताए । क्याम्पसमा निर्माण सम्वन्धी कामगर्ने धेरौ कामदार भएकाले सुरक्षाका लागी पहरी माग गरेको जानकारी दिँदै हिँजो साँझ देखीनै १० जना सुरक्षाकर्मी आएको बताए । निज कामदारलाई सुरक्षित भएर बस्न सल्लाह दिइएको र निर्माण काममा नआउन भनिएको उनको भनाई थियो ।
अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले संक्रमितहरुलाई आवश्यक काउन्सिलिङ दिईएको बताउदै यसपकारका गल्तीहरु दोहोरिन नदिन आवश्यक पहल गरिने जानकारी दिए । यसैवीच धौलागिरी अस्पतालले आजै एक विज्ञप्ती प्रकाशित गरी धौलागिरी अस्पताल र धौलागिरी बहुमुखी क्याम्पसमा कोभिड १९ संक्रमितको लागी निर्माण गरिएको आईशोलेशन वार्डका बारेमा जानकारी दिएको छ ।
यसै सन्दर्भमा हामीले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसेग विशेष कुराकारी गरेका छौँ । हाम्रो जिज्ञासामा प्रजिअ सैजुले आईसोलेशन तथा क्वारेन्टाईन कक्षहरुमा सुरक्षा बढाएको जानकारी दिँदै लकडाउनको मोडालिटीमा गरिएको परिवर्तन सकारात्मक रहेका बताए । जिल्लामा संक्रम्तिको संख्या बढ्दै गएकोमा सबै सजग र सतर्क हुनुपने उनको धारणा थियो ।
तस्वीर: धौलागिररी बहुमुखी क्याम्पसको आईसोलेशन कक्ष ।