Sorry, that menu does not exist.
 

ताराखोलामा ७ जनाको स्वाब संकलन !

मन्दिप निउरे, ताराखोला २०७७ जेठ २७ । बागलुङको ताराखोला गाउँपालिकामा आज स्वाब संकलन गरिएको छ । छिमेकी मुलुक भारतबाट आएका नागरिकको स्वाब संकलन गरिएको ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए गाउँ । पालिका भित्र कोरोना भाइरस कोभीड १९ को संक्रमणको जोखिम कम गर्दै उच्च सतकता उपनाउन पिसिआर परिक्षणको दायरा बढाइएको गाउँपालिका उपाध्यक्ष दिल कुमारी पुन रोकाको भनाइ छ ।

आज वडा नम्बर ३ घुस्मेली नजिक रहेको क्वारेन्टटाइनमा १ जना र वडा नम्बर १ को जनप्रेम माध्यमिक बिधालयमा रहेका ६ जना गरि जम्मा ७ जनाको स्वाब संकलन गरिएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिरहेको र रोजगारीको शिलशिलमा भारत गएका नागरिक धमाधम फर्केन थालेको हुँदा गाउँपालिका भित्र संक्रमण फैलिन नदिन ववारेन्टटाइनमा व्यवस्थापन संगै कोरोना परिक्षणलाई पनि संगै अगाडी बढाइरहेको ताराखोला गाउँपालिका स्वास्थ्य शाखा सह सयोजक दिपक खड्काले बताए । चेक जाच गरेपोछी क्वारेन्टटाइनमा बसेकाहरु पनि ढुक्क हुने र परिवार टोल छिमेकमा समेत त्रास कम हुने गाउँपालिकाले बिश्वास लिएको छ । स्वाब संकलनको पिसिआर टेस्टको लागी आजै पोखरा पठाइएको स्वास्थ्य शाखा सह सयोजक खड्काले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !