सातौँ महाधिवेशनबाट संघमा गुट उपगुटको अन्त्य हुने पोखरेलको उद्घोष !

नारायण रिजाल, बागलुङ, २०७३ पुस २५ । नेपाल निजामति कर्मचारी युनियन संघका पुर्व बरिष्ठ उपाध्यक्ष गोपाल प्रसाद पोखरेलले अगामी युनियन संघको अधिवेशनले एउटा सवल र सक्षम नेतृत्व छनौट गर्ने विश्वास व्यक्त गरेका छन् ।

नेपाल निजामति कर्मचारी युनियन संघले सोमबार बागलुङमा आयोजना गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै पोखरेलले आगामी फागुन २२ देखी २४ गते सम्म चितवनमा सम्पन्न हुन लागेको सातौ महाधिवेशनमा आफुले अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरिसकेको र उक्त अधिवेशनबाट विभिन्न गुट उपगुटको पनि अन्य गर्ने बताए ।

उनले हरेक राष्ट्रसेवक कर्मचारीको हितमा युनियन संघ लागेको र आगामी नेतृत्वका लागी आफु सम्पुर्ण टिम मिलाएर अगाडि बढन लागेको खुलासा गरे ।

कार्यक्रममा नेपाली काँगे्रस बागलुङका सचिव नवराज पौडेल, नेपाल निजामति कर्मचारी युनियन संघका पुर्व केन्द्रिय उपाध्यक्ष सुरेन्द्र अधिकारी, केन्द्रिय सदस्य उत्तम कटुवाल, नेपाल विद्यार्थी संघका केन्द्रिय सह–महामन्त्री हरिहर शर्मा, नेपाल निजमति कर्मचारी युनियन संघका केन्द्रिय सदस्य सुवास कोईराला, कृष्ण सोती, राजकुमार थापा, मन्जु शर्मा चालिसे देव बहादुर पौडेल, नेपाल निजामति कर्मचारी युनियन संघ बागलुङका सल्लाहकार प्रेम प्रसाद सापकोटा, कानुनी सल्लाहकार अखिलनाथ शर्मा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमो जिल्ला हुलाक कार्यालयका खरिदार केशवराज वाग्ले, ढोरपाटन शिकार आरक्षका लेखापाल देवेन्द्र केसी, कोष तथा लेखा नियन्त्रण कार्यालयका सह लेखापाल धुव्र रिजाललाई स्वागत गरिएको थियो ।
नेपाल निजामती कर्मचारी युनियन संघ बागलुङका अध्यक्ष देव शर्मा आचार्यको अध्यक्षता सदस्य महेन्द्र पौडेलको स्वागत र आनन्द शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *