Sorry, that menu does not exist.
 

बागलुङ बजारमा तरकारी हाटबजार सुरु !

सोम शर्मा, बागलुङ २०७७ जेठ २७ । बागलुङ बजारमा तरकारी हाटबजार सुरु भएको छ। बागलुङ नगरपालिकाको लागत र जिल्ला कृषि सहकरी संघको समन्वयमा सुचारु भएको उक्त हाट बजारले आम सर्बसाधारणको दैनिकीमा चाहिने तरकारीको जोहो गर्न सहज हुने विश्वास गरिएको छ।

आज मंगलबार देखी सुरु भएको तरकारी बजार बागलुङ नगरपालिकाका नगरप्रमुख जनक पौडेलले तरकारी किनेर उद्घाटन गरेका थिए। कृषकले बजार नपाएर खेतबारीमै तरकारी कुहाएर फाल्ने अनि बजार पाएकाको पनि बिचमा बिचौलिया बसेर कृषकले उचित दाम नपाउने र उपभोक्ताले बढी मूल्य तिर्न बाध्य भएको कारणले यो कदम चालिएको नगरप्रमुख पौडेलले बताए। नगरप्रमुख पौडेलले लकडाउनको अबस्थामा अझ कृषक मारमा परेको यो परिस्थितिमा हामीले उचित सुरक्षा अपनाएर उक्त तरकारी बजारको सुरुवात गरेको बताए।

तरकारी बजार बानपा ३ मा रहेको क्षत्री समाजको भवन छेवैमा राखिएको छ । बागलुङ नगरपालिका वडा नंबर ३ की वडा अध्यक्ष लक्ष्मी बास्कोटाले हामीले अहिले निशुल्क रुपमा कुनै भाडा नलिनेगरी सन्चालनमा ल्याएका छौ, निजी जग्गालाइ भाडामा लिएर कृषकलाइ आएर आफ्नो कृषिजन्य सामग्री बिक्री बितरण गर्ने ब्यबस्था मिलाएका छौं, अर्को निर्णय न आउनेबेलासम्म अहिले कृषकबाट त्यहा आएर व्यापार गरे बापत कुनै शुल्क नलिने बताईन् । वडाध्यक्ष बास्कोटाले यस्लाइ बिस्तारै बजारका अन्य क्षेत्रमा पनि बिस्तार गर्ने योजना रहेको जानकारी दिईन् ।

तस्वीर सुवास गौतम ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

13 Comments