हिल र नरेठाँटी गाविसको गाउ परिषद सम्पन्न !

गुमानसिँह भण्डारी, गल्कोट २०७३ पुस २५ । हिल गाउ बिकास समितिको २५ औ गाउ परिषद सम्पन्न भएको छ । गाउ परिषदले चालु आर्थिक बर्ष २०७३।०७४ को पुर्जिगत तर्फ ३६ लाख ३४ हजार ४ सय ३५ र चालुतर्फ ५ लाख ४५ हजार रकम बिनियोजन गरेको छ ।

परिषदले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको छ । जसमध्ये हरि माद्यामिक बिद्यालयलाई २ लाख, काकाख्रोर आधारभुत बिद्यालय र बराहखोला आधारभुत बिद्यालयलाई १, १ लाख, दिवज्योति प्राबि हिलका लागी ८० हजार, जनता प्राबिका लागी ५० हजार, जनप्रिय प्राबिका लागी ३० हजार, ईलाका प्रहरी कार्यालय ताराखोलाको जग्गा ब्यवस्थापनका ३ लाख, हिल स्वास्थ चौकिका लागी १ लाख ५० हजार, हिलमा पत्रकारीता तालिमका लागी १० हजार, पुर्ण खोप गाबिस घोषणा गर्नका लागी ३० हजार, महिलाका लागी ३ लाख ६३ हजार ४ सय ५३, बालबालिका लागी ३ लाख ६३ हजार ४ सय ५३, जेष्ठ नागरिक, अपाङगता, अल्पसंख्य, बिपन्न, दलित, जनजातिलाई ५ लाख ४५ हजार १ सय ८० रुपिया, गाबिस सचिवलाई मोटरसाईकल लागी २ लाख ५० हजार, कृषिका लागी २ लाख ६० हजार, गाउ शिक्षा समितिका लागी ५० हजार, लाभाङ देखि गुरासे सम्म १ लाख ८१ ह्जार ७ सय २८, युवा तथा खेलकुदका लागी ९० हजार ८ सय ६३, षोषणका लागी २० हजार, सादी, गिनुवा मोटरबाटोको लागी ६५ हजार बिनियोजन भएको छ । जसमध्ये पुर्वाधार तर्फ २२ लाख ६७ हजार ९ सय ५२ रकम बिनियोजन भएको हिल गाबिसले जनाएको छ । जसमध्ये भौतिकतर्फ १३ लाख ६० हजार ७ सय ७१ परिषदमा सहभागी राजनैतिक दल, वडा नागरिक मञ्च, सञ्चारकर्मी लगायतले गत बर्ष पुर्वाधार तर्फ बिनियोजन भएको रकम सहि तरिकाले सदुपयोग नभएको बताएका थिए । उनिहरुले गाबिसबाट बिनियोजन हुने रकम उचित ठाउमा प्रयोग गर्न आग्रह गरेका थिए । परिषद हिल गाबिसमा सचिव खड्क बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैवीच नरेठाटी गाबिसको गाउ परिषदबाट बिनियोजन भएको ७ लाख मध्येको रकमबाट नरेठाटी देखि चमुवाको मसानघाटसम्म मर्मत गरिएको मोटरबाटो निर्माण समितिका सचिव बुल बहादुर केसीले बताए । बर्षातको समयमा मोटरबाटोको धेरैजसो भाग भत्किएको थियो । जसका कारण सवारी साधन आवतजावतमा समस्या परेको थियो । नरेठाटी खण्डको मोटरबाटो मर्मत गरे पनि घाटदेखि दुदिलाभाटी ४ सानिसौरा सम्मको मोटरबाटो भने मर्मत हुन सकेको छैन । यसैबिच नरेठाटी गाबिसको गाउ परिषदबाट बिनियोजन भएको ७ लाखले गाबिस भित्रका मोटरबाटो मर्मत गरिएको छ । केहि दिनदेखि सञ्चालन गरिएको मर्मत कार्य भोलि सम्पन्न हुने सचिव केसीले जानकारी दिए । बर्षातको समयमा गएका पहिरो, ढल ब्यवस्थापन लगायतका कार्य गरेपछि आवतजावतमा सहजता भएको छ । नरेठाटी गाबिस भित्र ८ ओटा ग्रामिण मोटरबाटोहरु रहेका छन ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.