Sorry, that menu does not exist.
 

ताराखोला गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा प्रदेशीको साथ / जापानमा रकम जुटाउदै !

पूर्णभद्र निउरे, ताराखोला २०७७ जेठ २५ । विश्वभरी महामारीको रुप मा फैलिएको कोरोना भाइरस (COVID-19) का कारण उत्पन्न असहज परिस्थीती र ताराखोला गाउँ मा आइ लाग्ने बिपद ब्यबस्थापन का प्रदेशी भुमी मा रहेका ताराखोला बासीले सहयोग संकलन को अभियान सुरु गरेका छ्न ।

कोरोनाका कारण भारत लगाएतका अन्य मुलुकबाट गाउँ फर्कने ब्यक्तीहरुको संख्या बढिरहेको अबस्थामा क्वारेन्टिन ब्यबस्थापन र अन्य आबश्यक कार्यकालागि ताराखोलाबाट रोजगारीको लागि जापान आयका ब्यक्तिहरु बाट स्वच्छिक रुप मा सहयोग संकलन अभियान चलाइएको जापानका सफल ब्याबसायी समाजसेवि ताराखोला समाज जापान का संरक्षक नर बहादुर थापा ले जानकारी दिनु भयो ।
बिशेष गरि सामाजिक ब्याक्तित्व नरबहादुर थापा ,तेज चालिसे,रामु चालिसे ,बिस्नु केसी ,केदार थापा, बुद्धी थापा,गंगा घर्ती मगरको लगायतको पहल र ताराखोला समाज जापानको सहकार्यमा अभियान चलाइएको बताइएको छ ।

हाल सम्ममा करिब १० लाख भन्दा बढी जम्मा भै सकेको र बोल कबोल भएको सबै रकम आइ सकेपछि ताराखोला गाउँपालिकाको बिपद ब्यबस्थापन कोषको खातामा जम्मा गरिने ताराखोलाबासी जापानका सफल ब्याबसायी तेज चालिसेले बताए ।

रोजगारिको शिल शिलामा प्रदेशी भुमिमा रहे पनि आफ्नो देश अनि जन्म ठाउँमा आइ लागेको यस संकटको घडिमा केही भए पनि सहयोग होस भनेर अभियान शुरु गरेको तेज चालिसेले बताए। अभियानलाई साथ दिदै जापानमा रहेका अधिकांश ताराखोला गाउँपालिका भित्रका ब्यक्तीहरुले स्वच्छिक रुपमा सहयोग गरिरहेको ताराखोला समाज जापानका अध्यक्ष केदार थापाकोको भनाइ छ ।

छिट्टै नै गाउँ पालिकाको बिपद ब्यबस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय भएकाले यो अभियान मा जोडिन छुट्नु हुने नेपाली दाजुभाइहरुलाइ तत्काल सम्पर्कमा आइ अभियानलाई साथ दिन ताराखोला समाज जापानले अपिल गरेको समाजका सचिव बिस्नु कंडेलले जानकारी गराए ।

covid-19 लाई मात्र नभयर अन्य भईपरी आऊने बिपदमा पनी काम लागोस भन्ने उदेश्यले रकम संकलन गरेको ताराखोला समाज जापानको महासचिव बुद्दी थापाको भनाई छ।

यसरी संकलन गरि ताराखोला गाउँपालिकाको बिपद ब्यबस्थापन कोषमा जम्मा गरिने रकम बाट गाउँपालिकामा पर्ने हरेक प्रकारका बिपदमा पारदर्शी र समुचित हिसाबले परिचालन होस भन्ने सहयोगदाताको अपेक्षा रहेको अभियान का योजनाकार नर बहादुर थापाले जानकारी दिए ।

ताराखोलाबाट जापानमा गयर ब्यबसाय तथा रोजगारी गर्ने ब्यक्ती हरुले गाउँपालिका पर्ने हरेक प्रकारका संकट , मानबिय सेवा र सामाजिक बिकास का कार्य मा निरन्तर सहयोग गर्दै आइरहेका छ्न ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !