Sorry, that menu does not exist.
 

बागलुङका ६० हजार भेँडा बाख्रालाई पिपिआर रोग विरुद्धको भ्याक्सिन लगाईदै

छबिलाल पाण्डे बुर्तिबाङ २०७४ बैशाख १६ । बागलुुङमा यस ६० हजार भेडा बाख्रालाई पिपिआर रोग बिरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।
राष्ट्रिय पिपिआर रोग नियन्त्रण कार्यक्रम अन्तर्गत जिल्लाका प्रत्यक नगर तथा गाउपालिका अन्तर्गत रहेका वडाका घरदुरीमा रहेको प्रत्यक भेडा बाखा्रलाई नछुटाई भ्याक्सिन लगाउने कार्यक्रम अन्र्तगत यो अभियान सुरु भएको जिल्ला पशु सेवा कार्यालयमा कार्यरत पशुबिकास अधिकृत निलकण्ठ शर्माले बताए ।

गत एक महिना देखि सुरु भएको अभियानमा एक गाँउ एक प्राबिधिक भन्ने नारा सहित पशुसेवा कार्यालयका कर्मचारीले गाँउ गाँउमै पुगेर भ्याक्सिन लगाईरहेको शर्माले बताए ।

जिल्लाको पश्चिमी क्षेत्रका साविक बुर्तिबाङ, बोबाङ, अधिकारीचौर, निसी, दगातुंडाडा लगायतका अधिकाँस गाविसहरुमा यो कार्यक्रम सम्पन्न भएको जानकारी दिँदै शर्माले बाँकी रहेका साविकका गाविसहरुमा पशुसेवाका कर्मचारी कार्यरत रहेको बताए ।

साबिक बुर्तिबाङ, अधिकारीचौर , बोबाङ, निसी र बोङगादोभान गाविसमा गरी २७ सय भेडाबाख्रा मध्य २४ सयमा भ्याक्सिन पुगिसकेको र बाँकिमा लगाउने कार्य जारी रहेको पशुसेवाका कर्मचारी दलसिँह श्रीसले बताए ।

यो अभियानमा ठुलो फर्म भएको स्थानमा फर्ममा गएर र थोरै भएको स्थानमा गाँउको सामुहिक जम्मा गरेर भ्याक्सिन लगाउने कार्य भैरहेको छ । भाईरसका कारण सर्ने रोग भएका कारण यो रोग लागिसकेमा पशु निको नहुने र एक पशुमा लागेसँगै पुरै फर्म तथा गाँउभरनै रोगको सँक्रमण फैलने हुँदा सबै भेँडाबाख्रा कृषकहले आफुले पालेका भेँडाबाख्रालाई भ्याक्सिन लगाउन पशुबिकास अधिकृत शर्माले बताए । ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply